युएईबाट १५१ जना स्वदेश फर्किए, कोरोना देखिएपछि ३ जनाको उडान रोकियो

युएईबाट १५१ जना स्वदेश फर्किए, कोरोना देखिएपछि ३ जनाको उडान रोकियो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असार ७ गते आईतबार ०५:५५

युएईबाट नेपालमा आइतबार ३ वटा उडान हुँदैछन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र फ्लाइ दुवईले नेपालको राजधानी काठमाडौंमा उडान भर्न लागेका हुन् । हिमालय एयरलाइन्सको उडानमार्फत आबुधावीबाट १ सय ५१ जना नेपाली स्वदेश फर्किसकेका...

युएईबाट नेपालमा आइतबार ३ वटा उडान हुँदैछन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र फ्लाइ दुवईले नेपालको राजधानी काठमाडौंमा उडान भर्न लागेका हुन् ।

हिमालय एयरलाइन्सको उडानमार्फत आबुधावीबाट १ सय ५१ जना नेपाली स्वदेश फर्किसकेका छन् । एच–९ ५६७२ नम्बरको उडानमार्फत आइतबार बिहान युएईको समयअनुसार ४ः२५ बजे उनीहरु स्वदेश फर्किएका हुन् । उक्त विमानमा २ जना बच्चा सहित २६ जना महिला र १ सय २३ जना पुरुषहरु छन् ।

प्रकाशित मिति २०७७ असार ७ गते आईतबार ०५:५५
प्रतिक्रिया दिनुहोस