महिलामा मानसिक तनाव बढी

महिलामा मानसिक तनाव बढी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असार ८ गते सोमबार ११:४४

विश्व स्वास्थ्य संगठनले हालै गरेको एक सर्वेक्षणअनुसार पुरुषको तुलनामा महिला बढी मानसिक रोगी हुने गर्दछन् । सो अध्ययनअनुसार कुनै स्थानमा दश जना पुरुषलाई मानसिक तनावले सताएको अवस्थामा १८ जना महिला त्यो भन्दा गहिरो मानसिक तनाव...

विश्व स्वास्थ्य संगठनले हालै गरेको एक सर्वेक्षणअनुसार पुरुषको तुलनामा महिला बढी मानसिक रोगी हुने गर्दछन् । सो अध्ययनअनुसार कुनै स्थानमा दश जना पुरुषलाई मानसिक तनावले सताएको अवस्थामा १८ जना महिला त्यो भन्दा गहिरो मानसिक तनाव खेपेर बाँच्न बाध्य भइरहेको पाइएको छ । सर्वेक्षण प्रतिवेदनअनुसार त्यसो हुनुमा गरिबी, अशिक्षा, बेरोजगारी, असफल र असन्तुष्ट वैवाहिक जीवन तथा प्रतिकूल सामाजिक परिस्थितिबाट महिला बढी प्रभावित हुने गरेकाले हो ।

साथै फेसबुक अपडेट गर्न नपाए पनि युवतीहरूमा तनाव बढ्ने गरेको उक्त सर्वेक्षणले देखाएको छ । विश्व स्वास्थ्य संगठनले अमेरिकामा गरेको उक्त सर्वेक्षणमा ५ लाख अमेरिकनमध्ये ७० प्रतिशत युवतीले फेसबुक अपडेट गर्न नपाउँदा तनाव हुने स्वीकार गरेका थिए । साथै जसले मिल्दो श्रीमान्का साथ एक वा दुई बच्चाहरूसँगे बस्न पाएका हुन्छन् त्यस्ता महिलाहरू मानसिकरुपले बढी सन्तोषी हुने गरेका छन् । उनीहरूलाई फेसबुक अपडेटसँग कुनै सरोकार छैन ।

यस्तै गरी ३० प्रतिशतले सोसल नेटवर्किङ साइटका कारण तनावको मात्रा बढ्ने कुरा स्वीकार गरेका छन् । ‘युनिक स्टाटस बनाउन र त्यसमा मानिसले लाइक गरेको पाउनु खुशीको कुरा हो, यसले केही तनाव त दिन्छ नि ∕’ न्युयोर्क युनिभर्सिटी कानुनकी विद्यार्थी निकिता भेलवडीले भनिन् । फेसबुक निरन्तर हेर्न पाइएन भने झन् तनावमा रहने गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
प्रकाशित मिति २०७७ असार ८ गते सोमबार ११:४४
प्रतिक्रिया दिनुहोस