पत्रकार प्रकाश सुवेदीविरुद्ध चलचित्रसम्बद्ध ७ संगठन एकजुट : ‘रजतपट’मा कोही सहभागी नहुनू

पत्रकार प्रकाश सुवेदीविरुद्ध चलचित्रसम्बद्ध ७ संगठन एकजुट : ‘रजतपट’मा कोही सहभागी नहुनू

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १ गते सोमबार ०५:५१

नायिकाप्रति निकृष्ट शब्द प्रयोग गरेको भन्दै चलचित्रसम्बद्ध सातवटा संगठनले प्रकाश सुवेदीको कार्यक्रम ‘रजतपट’ बहिष्कार गर्न सम्पूर्ण सिने कलाकारलाई संयुक्त रूपमा आह्वान गरेका छन्। एपी वान टेलिभिजनबाट बिहीबार प्रसारण हुने...

नायिकाप्रति निकृष्ट शब्द प्रयोग गरेको भन्दै चलचित्रसम्बद्ध सातवटा संगठनले प्रकाश सुवेदीको कार्यक्रम ‘रजतपट’ बहिष्कार गर्न सम्पूर्ण सिने कलाकारलाई संयुक्त रूपमा आह्वान गरेका छन्।

एपी वान टेलिभिजनबाट बिहीबार प्रसारण हुने ‘रजतपट’ कार्यक्रममा केही दिनअिघ चलचित्र पत्रकार सुवेदीले नायिका पूजा शर्मालाई लक्ष्य गरेर ‘दाह्रा’ शब्द प्रयोग गरेका थिए। जसविरुद्ध नायिका शर्माले चलचित्र क्षेत्रका संघ/संस्थामा उजुरीसमेत हालेकी थिइन् भने जनस्तरबाट पनि व्यापक विरोध भइरहेको छ।

यस विषयमा कार्यक्रम सञ्चालक सुवेदीले आफूबाट ठूलो गल्ती भएको भन्दै भिडियोमार्फत माफी मागेका थिए।

 

तर पनि चलचित्र कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्वन्द्व संघ र चलचित्र नृत्य संघले संयुक्त रूपमा विज्ञप्ति जारी गरी घटनाको घोर भर्त्सना गरेका हुन्।

‘अभिव्यक्ति स्वतन्त्रताका नाममा कसैको मानमर्दन गर्नु, शारीरिक बनावटको अशिष्ट आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्नु, कसैको पनि अधिकार छैन, यस किसिमको हर्कत निन्दनीय मात्र होइन, अक्षम्य पनि हुने हाम्रो ठम्याइ छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सबै चलचित्रकर्मीहरूले रजतपट र ग्लामर गफ कार्यक्रममा प्रस्तुत विषयबाट उब्जिएको विवाद वार्ता वा कानुनमार्फत नुल्झिएसम्म कुनै पनि सहभागिता नजाउनु हुन सम्पूर्ण चलचित्रकर्मीहरूलाई अनुरोध गर्दछौं।’

प्रकाशित मिति २०७७ भदौ १ गते सोमबार ०५:५१
प्रतिक्रिया दिनुहोस