कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ लाख नजीक, नेपालमा १०७ जना नाघे

कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ लाख नजीक, नेपालमा १०७ जना नाघे

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २ गते मङ्गलबार ०२:२७

विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड २० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड २० लाख ३६ हजार पाँच सय २९ जना पुगेको छ । आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान...

विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड २० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड २० लाख ३६ हजार पाँच सय २९ जना पुगेको छ ।

आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ७६ हजार आठ सय ६२ जना पुगेको छ भने एक करोड ४७ लाख ७८ हजार दुई सय ५२ संक्रमित पुगेका छन् ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकामा मात्र एक लाख ७३ हजार सात सय १६ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा एक लाख आठ हजार ६ सय ५४, भारतमा ५१ हजार नौ सय २५ जनाले कोरोनाका कारण गुमाईसकेका छन् । तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको ग्राफ बढ्दै गएको छ ।

सोमबार विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार दुई सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १७ हजार चार सय ९५ जनाले कोरोना जितेका छन भने एक सय सात जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रकाशित मिति २०७७ भदौ २ गते मङ्गलबार ०२:२७
प्रतिक्रिया दिनुहोस