चीनको वुहान शहरबाट ८ महिना अघि फैलन सुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ महामारी हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन।
यस भाइरसबाट हालसम्म २ करोड २० लाख ५७ हजारभन्दा बढी संक्रमित बनेका छन्। संक्रमितमध्ये ७ लाख ७७ हजारको मृत्यु भइसक्दा १ करोड ४७ लाख स्वस्थ बनेर घर फर्किसकेका छन्।
यसबीचमा २० देखि ४० वर्ष उमेर समूहका मानिसले कोरोना भाइरस फैल्याउन सबैभन्दा बढी भूमिका खेलेको डब्लूएचओले जनाएको छ।
डब्लूएचओका अनुसार यो उमेर समूहमा कोभिड–१९ को असर कम छ यद्यपी यी उमेर समूहबाट नै धेरै मानिसमा कोरोना फैलिएको छ।
कोरोनाविरुद्धको खोप नबनेको अवस्थामा वैकल्पिक औषधिकै कारण कयौं निको बनेका छन्। पछिल्लो सयम रुस, अमेरिका, चीन तथा बेलायतले कोरोनाको खोप बनाउनमा फड्को मारेका छन्।
रुसले कोरोनाविरुद्धको खोपलाई देशमा प्रयोग गर्न अनुमति दिइसकेको छ भने अन्य देशले खोपको अन्तिम परीक्षण बाँकी रहेको बताएका छन्।
खोपले मान्यता नपाइन्जेल मास्क लगाउन, व्यक्ति–व्यक्तिबीचको दुरी कायम गर्न र साबुन पानीले बारम्बार हात धुन आग्रह गरिएको छ। एजेन्सी
प्रकाशित मिति २०७७ भदौ २ गते मङ्गलबार ०९:३८