जापानमा प्रशिक्षार्थी कामदार पठाउने बाटो खुल्ला गर्न व्यवसायीको माग

जापानमा प्रशिक्षार्थी कामदार पठाउने बाटो खुल्ला गर्न व्यवसायीको माग

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ३ गते बुधबार १०:०२

नेपाल वैदेशिक रोजगार व्यवसायीले जापानमा प्रशिक्षार्थी कामदार पठाउने बाटो खुल्ला गरिदिन आग्रह गरेको छ। त्यसको लागि म्यानपावर कम्पनी तत्काल सूचीकरण गरिदिन वैदेशिक रोजगार विभागमा बुधबार निवेदन दिएको छ। जापानमा प्रशिक्षार्थी...

नेपाल वैदेशिक रोजगार व्यवसायीले जापानमा प्रशिक्षार्थी कामदार पठाउने बाटो खुल्ला गरिदिन आग्रह गरेको छ।

त्यसको लागि म्यानपावर कम्पनी तत्काल सूचीकरण गरिदिन वैदेशिक रोजगार विभागमा बुधबार निवेदन दिएको छ।

जापानमा प्रशिक्षार्थी कामदार पठाउन योग्यता पुगेका इच्छुक संस्थालाई हरेक वर्ष सूचीकरण गर्नु पर्नेमा विभागले सूचीकरण प्रक्रिया अगाडि नबढाएको व्यवसायीको गुनासो छ।

सूचीकरणका लागि ८ महिना पहिले नै निवेदन दिए पनि विभागले बेवास्ता गर्दा कामदार पठाउन नसकेको संघले जनाएको छ। महानिर्देशकले आलटाल गरिरहेको भन्दै विभाग जापान श्रमिक पठाउन बाधक बनेको आरोप संघले लगाएको छ।

प्रकाशित मिति २०७७ भदौ ३ गते बुधबार १०:०२
प्रतिक्रिया दिनुहोस