नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश तथा जिल्ला कार्यसमितिको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको छ।
बुधबार जुममार्फत भएको महासंघको राष्ट्रिय भेलाले कोरोना महाव्याधीको जोखिममा तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिएकाले महासंघको विधान बमोजिम केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो।
यस्तै, ‘कोरोना संक्रमणको त्रास र श्रमजीवी पत्रकारहरुको आर्थिक अवस्थाबारे भेलामा प्राप्त रायका आधारमा महासंघको सदस्यता नवीकरण र नयाँ सदस्यता प्राप्तिको म्याद २०७७ भदौ मसान्तसम्म थप गरी शाखाहरुले सो अवधिभित्रै सदस्यताको सिफारिस प्रदेश समितिसमक्ष पेश गरिसक्ने र प्रदेश समितिले असोज मसान्तसम्म केन्द्रीय समितिसमक्ष पेश गरी केन्द्रमा अभिलेख राख्ने’ निर्णय भएको महासंघले जनाएको छ।
प्रकाशित मिति २०७७ भदौ ३ गते बुधबार १२:०६