अमेरिकी कारवाहीमा मारिएका कमाण्डर सुलेमानीको नाममा क्षेप्यास्त्र बनायो इरानले

अमेरिकी कारवाहीमा मारिएका कमाण्डर सुलेमानीको नाममा क्षेप्यास्त्र बनायो इरानले

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ४ गते बिहिबार १२:०१

इरानले स्वदेशमै निर्माण गरेको ब्यालेस्टि क्षेप्यास्त्र र क्रुज क्षेप्यास्त्र बिहीबार सार्वजनिक गरेको छ। यी क्षेप्यास्त्रले १४ सय किलोमिटर पार गरेर मार हान्नसक्ने रक्षामन्त्री आमिर हतामीले बताएका छन्। अमेरिकाले क्षेप्यास्त्र...

इरानले स्वदेशमै निर्माण गरेको ब्यालेस्टि क्षेप्यास्त्र र क्रुज क्षेप्यास्त्र बिहीबार सार्वजनिक गरेको छ।

यी क्षेप्यास्त्रले १४ सय किलोमिटर पार गरेर मार हान्नसक्ने रक्षामन्त्री आमिर हतामीले बताएका छन्।

अमेरिकाले क्षेप्यास्त्र कार्यक्रम बन्द गर्न चेतावनी दिइरहँदा इरानले दुई क्षेप्यास्त्र सार्वजनिक गरेको हो।

अमेरिकी कारवाहीमा मारिएका इरानी कमाण्डर कासिम सुलेमानी र राजनीतिज्ञ आबु महदीप्रति सम्मान व्यक्त गर्दै इरानले यी क्षेप्यास्त्रको नाम कासिम सुलेमानी र आबु महदी राखेको जनाएको छ।

सरकारी टेलिभिजनमा सम्बोधन गर्दै हतामीले यी क्षेप्यास्त्रहरु शक्तिशाली भएको बताएका छन्। यी क्षेप्यास्त्रले देशलाई थप सुरक्षा प्रदान गर्ने उनको भनाइ छ।

गत जनवरी ३ मा अमेरिकाले कासिम सुलेमानी र महदीको ड्रोन आक्रमण गरी हत्या गरेको थियो। उक्त घटनापछि अमेरिका र इरानबीचको सम्बन्ध थप बिग्रिएको छ।

अमेरिकाले सुलेमानीलाई आतंकवादीको संज्ञा दिएको थियो। सुलेमानीले अमेरिकाविरुद्ध कारवाहीको योजना बनाएकाले आफूले उनलाई आक्रमण गरेको अमेरिकाको भनाइ थियो।

तर इरानले सुलेमानीजस्तो देशभक्तको हत्या गरेर अमेरिकाले ठूलो गल्ती गरेको बताएको थियो।

इरानसँग सन् २०१५ मा परमाणु सम्झौता गरेको अमेरिका सम्झौताबाट बिना कारण बाहिरिएपछि इरानले युरेनियम प्रशोधन सुरुवात गरेको छ।

इरानले युरेनियम प्रशोधन गर्न थालेपछि अमेरिकाले यस्ता गतिविधि नगर्न चेतावनी दिँदै आएको छ। एजेन्सी

प्रकाशित मिति २०७७ भदौ ४ गते बिहिबार १२:०१
प्रतिक्रिया दिनुहोस