हङकङमा सबै नागरिकको परीक्षण नभइन्जेल कोरोनाविरुद्धको नियम खुकुलो नहुने

हङकङमा सबै नागरिकको परीक्षण नभइन्जेल कोरोनाविरुद्धको नियम खुकुलो नहुने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ४ गते बिहिबार ०३:१६

हङकङले तत्काल कोरोना भाइरसविरुद्धको नियम खुकुलो नबनाउने भएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङले देशका सबै नागरिकको कोरोना परीक्षण नगरिन्जेल कोरोनाविरुद्धको नियम खुकुलो बनाउने छैन। हाल पुरै जनसंख्याको कोरोना परीक्षण...

हङकङले तत्काल कोरोना भाइरसविरुद्धको नियम खुकुलो नबनाउने भएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङले देशका सबै नागरिकको कोरोना परीक्षण नगरिन्जेल कोरोनाविरुद्धको नियम खुकुलो बनाउने छैन।

हाल पुरै जनसंख्याको कोरोना परीक्षण गर्न हङकङले १५० स्थानमा कोरोना परीक्षण केन्द्र खडा गरेको छ।

दुईहप्ता भित्र अर्थात् सेप्टेम्बर १ सम्ममा सबैको कोरोना परीक्षण गरिसक्ने हङकङको उद्देश्य छ।

त्यसपछि अवस्था हेरेर आगमी सेप्टेम्बर महिनाको मध्यसम्ममा व्यक्ति–व्यक्तिबीचको दुरीको नियम लगायतका अन्य कोरोनाविरुद्धका उपायहरु खुकुलो हुने बताइएको छ।

बिहीबारसम्मको तथ्यांक अनुसार हङकङमा हालसमम ४६ सय ५ मा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ३६ सय उपचारपछि स्वस्थ बनेका छन्। ७३ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति २०७७ भदौ ४ गते बिहिबार ०३:१६
प्रतिक्रिया दिनुहोस