दिलिप कुमारका भाईको कोरोनाबाट मृत्यु

दिलिप कुमारका भाईको कोरोनाबाट मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ५ गते शुक्रबार ०५:५४

  एजेन्सी, ५ भाद्र । बलिउडका भेट्रान कलाकार दिलिप कुमारका भाईको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उनका भाई असलम खानको शुक्रबार विहान निधन भएको हो । टाइम्स अफ इन्डियाका अनुसार १६ अगष्टमा खान आफ्ना दाजु इशान खानसहित अस्पताल...

 

एजेन्सी, ५ भाद्र । बलिउडका भेट्रान कलाकार दिलिप कुमारका भाईको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उनका भाई असलम खानको शुक्रबार विहान निधन भएको हो ।

टाइम्स अफ इन्डियाका अनुसार १६ अगष्टमा खान आफ्ना दाजु इशान खानसहित अस्पताल भर्ना भएका थिए । दुवै गम्भीर अवस्थामा थिए ।

मृतक असलम खान मधुमेह र मुटुका रोगी थिए । ८८ वर्षका उनी लिलाभती अस्पताल भर्ना भएका थिए । दिलिपकुमारका अर्का भाई इशान ९० वर्षका छन् । उनको अवस्था पनि गम्भीर रहेको बुझिएको छ ।

प्रकाशित मिति २०७७ भदौ ५ गते शुक्रबार ०५:५४
प्रतिक्रिया दिनुहोस