शैक्षिक सत्र सुरु भएको घोषणा गर्न शिक्षा मन्त्रालयलाई सुझाव

शैक्षिक सत्र सुरु भएको घोषणा गर्न शिक्षा मन्त्रालयलाई सुझाव

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ७ गते आईतबार ०२:२५

नीय तहका प्रमुखहरुले शैक्षिक सत्र सुरु भएको घोषणा गर्न शिक्षा मन्त्रालयलाई सुझाव दिएका छन्। शिक्षामन्त्री गिरीराजमणि पोखरेलसँगको अन्तरक्रियामा उनीहरुले यस्तो सुझाव दिएका हुन्। कोभिड १९ को संक्रमणपछि विद्यालय शिक्षामा पारेको...

नीय तहका प्रमुखहरुले शैक्षिक सत्र सुरु भएको घोषणा गर्न शिक्षा मन्त्रालयलाई सुझाव दिएका छन्। शिक्षामन्त्री गिरीराजमणि पोखरेलसँगको अन्तरक्रियामा उनीहरुले यस्तो सुझाव दिएका हुन्।

कोभिड १९ को संक्रमणपछि विद्यालय शिक्षामा पारेको प्रभाव र भविष्यमा अवलम्बन गर्नुपर्ने उपायबारे सुझाव संकलन गर्न मन्त्री पोखरेलले प्रदेश नम्बर एक, दुई, बागमती तथा पाँच नम्बरका सामजिक विकास मन्त्रालयका अधिकारी, प्रमुख, प्रमुख कार्यकारी अधिकृत, शिक्षा शाखाका प्रमुख, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लगायतसँग छलफल गरेका थिए।

छलफलको क्रममा उनीहरुले शैक्षिक सत्र सुरुवात भएको घोषणा गर्न सकिएमा विद्यार्थीको सिकाइमा उतप्रेरणा जाग्ने तथा शिक्षकलाई जसरी पनि विद्यालय पुग्नैपर्ने बाध्यता हुने बताएका थिए। कोभिडका कारण घर गएका तर लकडाउनका कारण सम्बन्धित विद्यालय भएको ठाउँसम्म पुग्न नसकेको शिक्षकलाई यात्राको लागि सहजीकरण गरिदिन पनि उनीहरुले पोखरेललाई अनुरोध गरेका थिए।

कोभिडको संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने वा नगर्ने निर्णय अधिकार स्थानीय तहलाई नै दिंदा उपयुक्त हुने सहभागीको राय थियो। सरकारले सुरु गरेको वैकल्पिक माध्यमको पढाइ सबै ठाउँमा प्रभावकारी हुन नसकेको उनीहरुको भनाइ थियो। यो विधिको पढाइमा स्थानीय तहले विद्यालयमार्फत विद्यार्थीलाई उपलब्ध गराएको स्व अध्ययन सामग्री बढी प्रभावकारी भएको पनि उनीहरुले बताएका समाचार अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रकाशित मिति २०७७ भदौ ७ गते आईतबार ०२:२५
प्रतिक्रिया दिनुहोस