काठमाडौंः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस महामारीमा १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ ।
डब्ल्यूएचओले जुन जुन देशमा वयस्कका लागि जे जस्तो नियम लागू गरिएको छ त्यहि नियम १२ वर्ष माथिका बालबालिकामा पनि लागू गर्नुपर्ने निर्देशन दिएको छ ।
शीर्ष स्वास्थ्य अधिकारीले बालबालिकाले कति मात्रामा भाइरस फैलाउँछन् भनेर स्पष्ट नभएको तर किशोर–किशोरीले झैं बालबालिकाले पनि त्यति नै भाइरस फैलाउने प्रमाण भेटिएको जानकारी दिए ।
डब्ल्यूएचओले ५ वर्ष र त्योभन्दा कम उमेरका बालबालिकाले भने मास्क लगाउन नहुने बताएको छ । साथै ६ देखि ११ वर्षका बालबालिकालाई मास्क लगाउन र फुकाल्न परिवारले मद्दत गरिदिन र स्थान हेरेर उनीहरूको हेरविचार गरिदिन आग्रह गरेको छ ।
साथै, डब्ल्यूएचओले ६० वर्षभन्दा कम उमेरका मानिसहरुले कपडाको मास्क लगाउनुपर्ने र त्योभन्दा धेरै उमेर भएका र अन्य रोगबाट ग्रसित व्यक्तिहरूले मेडिकल मास्क लगाउनुपर्ने जानकारी दिएको छ । बीबीसी
प्रकाशित मिति २०७७ भदौ ७ गते आईतबार ०२:३२