विश्वकै वृद्ध पुरुष फ्रेडी ब्लोमको १ सय १६ वर्षको उमेरमा निधन

विश्वकै वृद्ध पुरुष फ्रेडी ब्लोमको १ सय १६ वर्षको उमेरमा निधन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ७ गते आईतबार ०७:२६

विश्वकै वृद्ध पुरुष फ्रेडी ब्लोमको १ सय १६ वर्षको उमेरमा निधन भएको छ। दक्षिण अफ्रिकामा सन् १९०४ मा जन्मिएका फ्रेडी वर्तमान समयकै वृद्ध पुरुष भएको अनुमान गरिएको थियो। फ्रेडीले दुईवटा विश्वयुद्धका साथै स्पेनिस फ्लुको अनुभव गरेका...

विश्वकै वृद्ध पुरुष फ्रेडी ब्लोमको १ सय १६ वर्षको उमेरमा निधन भएको छ।

दक्षिण अफ्रिकामा सन् १९०४ मा जन्मिएका फ्रेडी वर्तमान समयकै वृद्ध पुरुष भएको अनुमान गरिएको थियो।

फ्रेडीले दुईवटा विश्वयुद्धका साथै स्पेनिस फ्लुको अनुभव गरेका थिए। बीबीसीका अनुसार सन् १९१८ को स्पेनिस फ्लुका कारण फ्रेडीका परिवारका सबै सदस्यको मृत्यु भएको थियो।

फ्रेडीलाई सबैभन्दा वृद्ध भएको दाबी गरिए पनि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले यसलाई प्रमाणित गरेको थिएन।

कोरोना भाइरसको महामारीबीच फ्रेडीको निधन भएको हो। उनका परिवारले उनको निधन प्राकृतिक भएको पुष्टि गरेको छ। बीबीसी

प्रकाशित मिति २०७७ भदौ ७ गते आईतबार ०७:२६
प्रतिक्रिया दिनुहोस