चिनियाँ राष्ट्रपति सीलाई ‘राष्ट्रपति’ नभन्ने विधेयक अमेरिकी संसदमा पेश

चिनियाँ राष्ट्रपति सीलाई ‘राष्ट्रपति’ नभन्ने विधेयक अमेरिकी संसदमा पेश

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ७ गते आईतबार ११:०२

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘राष्ट्रपति’ नभन्ने विधेयक अमेरिकी संसदमा पेश भएको छ। यस विधेयकअनुसार सीलाई अमेरिकी दस्ताबेजहरुमा राष्ट्रपति बाहेकका शब्दबाट सम्बोधन गरिनेछ। साउथ चाइना मर्निङ पोस्टकाअनुसार ‘द नेम एन्ड इनिमी...

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘राष्ट्रपति’ नभन्ने विधेयक अमेरिकी संसदमा पेश भएको छ।

यस विधेयकअनुसार सीलाई अमेरिकी दस्ताबेजहरुमा राष्ट्रपति बाहेकका शब्दबाट सम्बोधन गरिनेछ।

साउथ चाइना मर्निङ पोस्टकाअनुसार ‘द नेम एन्ड इनिमी एक्ट’ पारित भए सीलाई अमेरिकामा राष्ट्रपति नभनेर चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव अथवा राज्य प्रमुख भनिनेछ।

यस विधेयकलाई पेनसिल्भेनियास्थित रिपब्लिकन पार्टीका सांसद स्कट पेरीले ल्याएका हुन्।

हालैका दिनमा अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले पनि चीनका राष्ट्रपतिलाई राष्ट्रपति भनेर सम्बोधन गरेका छैनन्।

पोम्पिओले सीलाई चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव भनेर सम्बोधन गर्ने गरेका छन्।

राष्ट्रपति शब्दले निर्वाचनमा भाग नलिएका व्यक्तिलाई अनावश्यक वैधता दिने काम गरेको आलोचहरु बताउँछन्।

चीनमा राष्ट्रपतिको निर्वाचन हुँदैन। त्यहाँ नेसनल पिपल्स कँग्रेस एनपीसीले देशमा राष्ट्रपति को बनाउने या नबनाउने निर्णय गर्दछ।

एनपीसी चीनको सर्वोच्च राज्य निकाय हो। जसमा राष्ट्रपति र अन्य राज्य अधिकारीहरुलाई पदबाट हटाउने शक्ति छ। एनपीसीका प्रतिनिधिहरु प्रान्तीय जनसभाद्वारा निर्वाचित हुन्छन्। एससीएमपी

प्रकाशित मिति २०७७ भदौ ७ गते आईतबार ११:०२
प्रतिक्रिया दिनुहोस