चट्याङ लागेर जुम्लामा ५ सय बढी भेडा मरे

चट्याङ लागेर जुम्लामा ५ सय बढी भेडा मरे

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ९ गते मङ्गलबार ०३:३९

  जुम्ला : जिल्लाको पातरासी गाउँपालिका- ४ पट्यौकामा चट्याङ लागेर ५ सय भन्दा बढी भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार सोमबार दिउँसो ३ बजेतिर परेको चट्याङमा परी...

 

जुम्ला : जिल्लाको पातरासी गाउँपालिका- ४ पट्यौकामा चट्याङ लागेर ५ सय भन्दा बढी भेडा मरेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार सोमबार दिउँसो ३ बजेतिर परेको चट्याङमा परी वनमा चराउन लगेका ५ सय ३१ वटा भेडा मरेका हुन् ।

याे पनि पढ्नुस  मौसमः आज हावाहुरी र चट्याङसहित वर्षा
स्थानीय ११ जना किसानले पालेका भेडा चट्याङमा परी एकै ठाउँ मरेको धामीले जानकारी दिए । घटनास्थल प्रहरी चौकी पाटनदेखि ५ घण्टा उत्तरपूर्व पर्छ ।

चराउन लगेका किसान भने सुरक्षित रहेको डिएसपी धामीले जानकारी दिए ।

प्रकाशित मिति २०७७ भदौ ९ गते मङ्गलबार ०३:३९
प्रतिक्रिया दिनुहोस