काठमाडौंः सुनको मूल्य ओरालो लाग्ने क्रममा मङ्गलबार पनि त्यसले निरन्तरता पाएको छ ।
मङ्गलबार सुनको मूल्य प्रतितोला सात सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको ९७ हजार २ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य भने सोमबारकै स्थिर रहेको छ । मङ्गलबार प्रतितोला एक हजार ३२० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको रुपैयाँ तोलाको ९७ हजार ९०० रुपैयाँ रहेको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९७ हजार चार सय रुपैयाँ निर्धारण भएको थियो ।
प्रकाशित मिति २०७७ भदौ ९ गते मङ्गलबार ०७:११