ट्रम्प भन्छन्ः राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीले धाँधली गर्न सक्छन्

ट्रम्प भन्छन्ः राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीले धाँधली गर्न सक्छन्

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ९ गते मङ्गलबार ०९:२५

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने तय भएको राष्ट्रपतिय निर्वाचनमा धाँधली हुनसक्ने बताएका छन्। रिपब्लिकन पार्टीको राष्ट्रिय भेलामा ट्रम्पले विपक्षी डेमोक्रेटिक पार्टी नोभेम्बरको चुनावमा धाँधली गर्न...

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने तय भएको राष्ट्रपतिय निर्वाचनमा धाँधली हुनसक्ने बताएका छन्।

रिपब्लिकन पार्टीको राष्ट्रिय भेलामा ट्रम्पले विपक्षी डेमोक्रेटिक पार्टी नोभेम्बरको चुनावमा धाँधली गर्न लागिपरेको दाबी गरेका हुन्।

ट्रम्पले हुलाकमार्फत् हुने मतदानलाई डेमोक्रेटिक पार्टीले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप लगाए।

दोस्रो कार्यकालका निम्ति रिपब्लिकन पार्टीले ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार बनाउन स्वीकृती दिए लगत्तै ट्रम्पले यस्तो बताएका थिए।

कोरोना भाइरस महामारीका कारण यसपटक हुलाकमार्फत् निकै सङ्ख्यामा मतदान हुने अनुमान गरिएको छ। बीबीसी

प्रकाशित मिति २०७७ भदौ ९ गते मङ्गलबार ०९:२५
प्रतिक्रिया दिनुहोस