रोनाल्डोको गोल यात्रा जारी

रोनाल्डोको गोल यात्रा जारी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ असार ८ गते शुक्रबार ०६:१५

असार ७, २०७५ उरुग्वे र आयोजक रसियाले समुह 'ए' बाट विश्वकप फुटवलमा स्थान बनाउँदा इजिप्ट र साउदी अरेबिया लिग चरणबाटै बाहिरिएका छन् । समुह 'बी' मा पोर्चुगल र स्पेनले पहिलो जित हात पारे । उनीहरुको जितले मोरक्को समुह चरणबाटै बाहिरिएको छ...

असार ७, २०७५ उरुग्वे र आयोजक रसियाले समुह ‘ए’ बाट विश्वकप फुटवलमा स्थान बनाउँदा इजिप्ट र साउदी अरेबिया लिग चरणबाटै बाहिरिएका छन् । समुह ‘बी’ मा पोर्चुगल र स्पेनले पहिलो जित हात पारे । उनीहरुको जितले मोरक्को समुह चरणबाटै बाहिरिएको छ भने एसियाली राष्ट्र इरानको सम्भावना कायमै छ ।

समुह ‘ए’ अन्तर्गत गएराती भएको एकमात्र खेलमा उरुग्वेले साउदी अरेबियालाई १–० गोल अन्तरमा पराजित गर्‍यो । लगातार दोस्रो जित निकालेको उरुग्वेको जितले आयोजक रसियालाई समेत नकआउट चरणमा प्रवेश गराएको छ । दुवैको ६–६ अंक छ । २ खेलमा अंकबिहिन बनेका इजिप्ट र साउदी अरेबिया लिग चरणबाटै बाहिरिएका छन् । उरुग्वेको जितमा एकमात्र गोल लुईस स्वारेजले २३ औं मिनेटमा गरेका थिए ।  समुह ‘बी’ अन्तर्गतको खेलमा मध्यराती स्पेनले इरानलाई १–० ले पराजित गर्दा पोर्चुगलले मोरक्कोलाई समान १–० ले पाखा लगायो । २ खेलमा अंकबिहीन मोरक्को लिग चरणबाटै बाहिरियो भने पहिलो खेलमा मोरक्कोलाई पराजित गर्न सफल भएको इरानको सम्भावना अझै कायम छ । पहिलो खेलमा ३–३ गोलको बराबरी खेल्दै अंक बाढेका स्पेन  र पोर्चुगलको ४–४ अंक भएको छ ।  जारी विश्वकपको दोस्रो खेलमै आफ्नो गोल संख्या ४ पुर्‍याएका क्रिष्टियानो रोनाल्डोको गोलको मद्दतमा पोर्चुगलले मोरक्कोलाई १–० ले पराजित गर्‍यो । खेलको चौथो मिनेटमै हेडर मार्फत रोनाल्डोले गरेको गोल पोर्चुगललाई ३ अंक दिलाउन पर्याप्त रह्यो । इरानविरुद्ध एकतर्फी दवाव बनाएको स्पेनले विजयी गोल गर्न भने दोस्रो हाफसम्म कुर्नु परेको थियो । ७८ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको स्पेनका लागि ५४ औं मिनेटमा डिएगो कोष्टाले निर्णायक गोल गरेका थि

प्रकाशित मिति २०७५ असार ८ गते शुक्रबार ०६:१५
प्रतिक्रिया दिनुहोस