कोरोना भाइरस र आँधीविरुद्ध तयार रहन किम जोङ उनको आह्वान

कोरोना भाइरस र आँधीविरुद्ध तयार रहन किम जोङ उनको आह्वान

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १० गते बुधबार १०:१४

उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना भाइरस र आँधीविरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आह्वान गरेका छन्। तेस्रो उच्चस्तरीय सम्मेलनमा निकै कमै सहभागी हुने नेता किमले देशमा कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिने खतराको...

उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना भाइरस र आँधीविरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आह्वान गरेका छन्।

तेस्रो उच्चस्तरीय सम्मेलनमा निकै कमै सहभागी हुने नेता किमले देशमा कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिने खतराको संकेत देखिएको भन्दै तयारी अवस्थामा रहन अपिल गरेका हुन्।

उनले बिहीबार देशमा आँधी आउने पुर्वानुमान समेत गरिएको जानकारी मंगलबार दिएका थिए।

सत्तारुढ दल वर्कर्स पार्टीको सो बैठकमा उनले अनपेक्षित चोट पुग्न सक्ने चिन्ता पनि व्यक्त गरेका थिए।

दुवैका विरुद्धमा सरकारले पनि आफ्नो तर्फबाट तयारीहरु गरिरहेको उनले बताएको उत्तर कोरियाको आधिकारिक समाचार संस्थाले बुधबार समाचार संप्रेषण गरेको छ।

किमले आँधीका कारण हुने क्षती न्युनिकरणका लागि तत्काल पर्याप्त तयारी र प्रयासहरु गर्न पनि आग्रह गरे।

अत्यधिक बर्षा र बाढीका कारण ठूलो क्षती भएको एक हप्तामै उत्तर कोरियामा अर्को क्षती हुनेगरी आँधी आउन लागेको हो।

दुवै घटनाले देशको अर्थतन्त्रमा धेरै नकारात्मक असर पर्ने पनि नेता किमले चिन्ता व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ।

कोरोना र आँधीसँग जुद्नका लागि सवै तह र क्षेत्रमा पार्टी र सरकारको तर्फबाट विभिन्न संयन्त्रहरु बनाउन पनि उनले निर्देशन दिएका छन्।

प्रकाशित मिति २०७७ भदौ १० गते बुधबार १०:१४
प्रतिक्रिया दिनुहोस