भारतमा फेरि ह्वात्तै बढ्यो कोरोना

भारतमा फेरि ह्वात्तै बढ्यो कोरोना

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ११ गते बिहिबार ०३:३०

  काठमाडौंः भारतमा फेरि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ बुधबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ९९५ जनामा कोरोना...

 

काठमाडौंः भारतमा फेरि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ बुधबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ९९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ३३ लाख ७ हजार ७४९ पुगेको छ । मंगलबार भारतमा ६६ हजार ८७३ जना संक्रमित थपिएका थिए ।

भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित विश्वकै तेस्रो देश हो । तर, भारतमा सबैभन्दा बढी प्रभावितको सूचीमा पहिलो अमेरिका र दोस्रो ब्राजिलको भन्दा बढी दैनिक संक्रमित थपिन थालेका छन् । बुधबार पनि भारतमा कोरोना संक्रमितको संख्याले रेकर्ड कायम गरेको छ । बुधबार अमेरिकामा ४४ हजार ६३७ संक्रमित तथा १२ सय ८९ जनाको मृत्यु र ब्राजिलमा ४७ हजार ८२८ संक्रमित तथा एक हजार ९० जनाको मृत्यु भयो ।

अगस्तको पहिलो सातादेखि नै भारतमा प्रतिदिन ६० हजार भन्दा बढी संक्रमित देखा पर्दै आइरहेका छन् । भारतमा कोरोनाको तीब्रता जसरी फैलिरहेको छ, यो नियन्त्रण भएन भने केही दिनमा नै संसारकै सबैभन्दा संक्रमित हुने देशको नाम भारत हुने निश्चित देखिन्छ ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० हजार नाघेको छ । त्यहाँ बुधबार मात्रै एक हजार १७ जनाको मृत्यु भएको छ । भारतमा कुल संक्रमितमध्ये १.८३ प्रतिशतको मृत्यु भएको तथ्यांकले देखाएको छ ।

भारतमा हालसम्म ७६.२८ प्रतिशत संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ५६ हजार १९१ जना निको भएका छन् ।

योसँगै त्यहाँ निको हुनेको संख्या २५ लाख २३ हजार ४४३ छ । सक्रिय संक्रमित संख्या ७ लाख २३ हजार १०४ छ ।

भारतमा हासम्म ३ करोड ७६ लाख ५१ हजार ५१२ जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मिति २०७७ भदौ ११ गते बिहिबार ०३:३०
प्रतिक्रिया दिनुहोस