मुम्बईः बलिउड कलाकार सुशान्त सिंह राजपुतको मृत्युको घटनामा नयाँ तथ्य फेला परेको छ ।
सुशान्तकी पूर्व प्रेमिका रिया चक्रवर्तीको मोबाइलबाट डिलिट गरिएका व्हाट्सएप मेसेजहरु प्राप्त गरिएपछि त्यसबाट नयाँ तथ्यहरु फेला परेका हुन् । व्हाट्सएप मेसेजमा रियाले लागु पदार्थ प्रयोग गरेको बारेमा गरिएका कुराकानी रहेका छन् ।
यी कुराकानीका आधारमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले रियाविरुद्ध प्राथमिक रिपोर्ट दर्ता गरेको छ । सुशान्तको मृत्युमा लागुपदार्थको कोण अगाडि आएपछि यो घटनामा मनि लन्ड्रीङको जाँच गरिरहेको निकायले व्हाट्सएपको च्याट विवरण सिबिआईलाई दिएको छ ।
याे पनि पढ्नुस बेइरुत विस्फोट: कम्तीमा ७८ को मृत्यु, ४ हजार भन्दा धेरै घाइते (तस्बिरसहित)
योसँगै लागु पदार्थ नियन्त्रण विभागका निर्देशको आदेशमा रियाविरुद्ध मुद्दा दर्ता भएको हो । मुद्रा अपचलनको समेत जाँच गरिरहेको बेलो प्रवर्तन निकायले रियाको परिवारका मोबाइल र ल्यापटब कब्जामा लिएर जाँच गरेको थियो ।
यो जाँचमा रियाले केही व्हाट्सएप मेसेज डिलिट गरेको खुलासा भएको थियो । यी च्याटहरुमा रियाले लागु पदार्थ दिने कुरा गरेको देखिन्छ । सुशान्तका स्टाफ स्यामुअल मिरान्डा, दीपेश सावन्त, जया र रियाबीच कुराकानी भएको देखिन्छ ।
रिया र जयाबीच भएको कुराकानी रिया र जयाको च्याट
रियाः धेरै खुशी छु, तिमीले यो पठायौ ।
जयाः के यसबाट मद्दत होला ?
रियाः अँ केही शान्ति पाइएको छ । उसलाई दिनमा एकचोटी दिने हो ?
जयाः नाई, दुई तीन चोटी लिन सकिन्छ ।
२० अप्रिलका दिन योसँग अरु कुराकानी पनि भएको छ । च्याटमा उच्च प्रकारका लागुपदार्थ कता पाइन्छ जस्ता कुरा पनि भएका छन् । यो कोण अगाडि आएपछि सुशान्तलाई लागुपदार्थ दिइँदै आएकोका कारण यो मृत्युको कारण बन्न सक्ने बताइएको छ ।
प्रकाशित मिति २०७७ भदौ ११ गते बिहिबार ०८:५१