अमेरिकी र रुसी सैनिकबीच झडप, ४ अमेरिकी सेना घाइते

अमेरिकी र रुसी सैनिकबीच झडप, ४ अमेरिकी सेना घाइते

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ११ गते बिहिबार ०९:०७

  सिरियाः युद्धग्रस्त पूर्वी सिरियामा अमेरिकी र रुसी सैनिकबीच झडप भएको छ । रुसी सैनिकले अमेरिकी सैन्य वाहनलाई ठक्कर दिएपछि झडप शुरु भएको थियो । यो झडपमा ४ जना अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी सैन्य बाहनहरुमाथि आक्रमण गर्न...

 

सिरियाः युद्धग्रस्त पूर्वी सिरियामा अमेरिकी र रुसी सैनिकबीच झडप भएको छ । रुसी सैनिकले अमेरिकी सैन्य वाहनलाई ठक्कर दिएपछि झडप शुरु भएको थियो ।

यो झडपमा ४ जना अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी सैन्य बाहनहरुमाथि आक्रमण गर्न रुसले हेलिकप्टरको प्रयोग समेत गरेको भिडियो समेत सार्वजनिक भएको छ । अमेरिकी सेन्ट्रल कमाण्डले विज्ञप्ती जारी गर्दै रुसी सैनिकहरुसँग जम्काभेट भएको बताएको छ ।

यो क्रममा विवाद हुँदा रुसको बाहनले अमेरिकी बाहनलाई ठक्कर दिएपछि तनाव चुलिएको त्यसमा उल्लेख छ । अमेरिकाल रुसी सेना असुरक्षित र नियम उल्लंघन गर्दै अघि बढेको बताएको छ । रुसले भने अमेरिकी सेनाले आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर जान थालेपछि जवाफी कार्वाही गरेको जनाएको छ ।

सार्वजनिक भएको भिडियोमा दुबै देशका सेनाबीच गम्भीर झडप भएको देखिन्छ । अमेरिका र र रुस दुबै देशका सैन्य वाहनरु एक अर्कालाई पछाडि छोडन होडबाजी गरिरहेको र यसै क्रममा रुसले अमेरिकी सैनिकलाई भगाउन आफ्ना दुई हेलिकप्टर समेत पछाडि लगाएको देखिन्छ । त्यसो त अन्य बेला समेत यस्तो झडप भइराख्ने भएपनि यसपटकको झडप गम्भीर प्रकृतिको बताइन्छ ।

प्रकाशित मिति २०७७ भदौ ११ गते बिहिबार ०९:०७
प्रतिक्रिया दिनुहोस