आइकाओको कालोसूचीबाट नेपाल हट्यो

आइकाओको कालोसूचीबाट नेपाल हट्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ असार ८ गते शुक्रबार ०८:५९

असार ८, २०७५ - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपालको वायु सेवालाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले खतराको सूचीबाट हटाएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उडान सम्बन्धी समसामयिक...

असार ८, २०७५ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपालको वायु सेवालाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले खतराको सूचीबाट हटाएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासा सम्बोधन गर्ने क्रममा मन्त्री अधिकारीले नेपालको वायु सेवालाई सन् २०१३ मा गम्भीर सुरक्षा खतराको सूचीमा राखेकोमा हाल त्यसलाई हटाएको जानकारी सदनलाई दिनुभयो ।

उहाँले सरकारको प्रयासबाट नेपाललाई हवाई सुरक्षा खतरा सूचीबाट हटाउन सफल भएको र युरोपियन युनियनको खतरा सूचीबाट पनि छिटै हटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री अधिकारीले हालै भएको नेपाल–जापान हवाई सम्झौताबाट सातामा १४ उडानको व्यवस्था भएकाले जापानी पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो । मन्त्री अधिकारीले नेपालगञ्ज–दिल्ली उडानका लागि पनि आज नै स्वीकृति दिएको र ३/४ महिनामा हवाई सेवा शुरु हुने जानकारी पनि सदनलाई गराउनुभयो ।

प्रकाशित मिति २०७५ असार ८ गते शुक्रबार ०८:५९
प्रतिक्रिया दिनुहोस