अमेरिकाका वैज्ञानिक भन्छन् : नयाँ उपाय पत्ता लाग्याे, अब कलेजाे प्रत्यारोपण गरिरहन पर्दैन

अमेरिकाका वैज्ञानिक भन्छन् : नयाँ उपाय पत्ता लाग्याे, अब कलेजाे प्रत्यारोपण गरिरहन पर्दैन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १२ गते शुक्रबार ०३:४७

अमेरिकाका वैज्ञानिक सुँगुरमा बिग्रिसकेको केलेजोलाई पुनः पूर्ण रूपमा विकास गर्न सफल भएका छन् । यो प्रयोग मानिसमा पनि गरेर अब कलेजो प्रत्यारोपण नै गर्न नपर्ने उनीहरूले दाबी गरेका छन्। पिट्सबर्ग युनिभर्सिटीका वैज्ञानिकले ६ वटा...

अमेरिकाका वैज्ञानिक सुँगुरमा बिग्रिसकेको केलेजोलाई पुनः पूर्ण रूपमा विकास गर्न सफल भएका छन् । यो प्रयोग मानिसमा पनि गरेर अब कलेजो प्रत्यारोपण नै गर्न नपर्ने उनीहरूले दाबी गरेका छन्।

पिट्सबर्ग युनिभर्सिटीका वैज्ञानिकले ६ वटा सुँगुरको लसिका ग्रन्थी (लिम्प नोड) मा पूर्ण आकारको कलेजो विकास गरेको एनवाई पोस्टले जनाएको छ ।

कलोजोमा आफैंलाई विकास गर्ने क्षमता हुने ती वैज्ञानिकले बताएका छन् ।

अनुसन्धान गर्न वैज्ञानिकले कलेजो फेल भइसकेका ६ वटा सुँगुर छाने र उनीहरूको शरीरमा भएको रोगी कलेजोको कोशिकाको एउटा हिस्सा लिए। जसलाई हेप्याटोसाइट्स भनिन्छ। अनि त्यसलाई सुँगुरको लसिका ग्रम्थीमा प्रत्यारोपण गरे। त्यसैबाट पुन: नयाँ कलेजाे विकास भएकाे वैज्ञानिकले बताएका छन्।

अनुसन्धानमा संलग्न वैज्ञानिक डा. एरिक लागेस भन्छन्, ‘हेप्याटोसाइट्सलाई सही ठाउँसम्म पुर्‍याइन्छ भने त्यसले नयाँ कलेजो विकास गर्न सक्छ।’

उनका अनुसार केही समयपछि अनुसन्धान गर्दा त्यसरी सुँगुरमा विकास गरिएको कलेजो, पहिलेकाे भन्दा अझ ठूलो र प्रभावकारी पाइयो। एजेन्सी

प्रकाशित मिति २०७७ भदौ १२ गते शुक्रबार ०३:४७
प्रतिक्रिया दिनुहोस