स्वास्थ्य बिग्रिँदै गएपछि जापानका प्रधानमन्त्री आबे राजीनामा दिँदै

स्वास्थ्य बिग्रिँदै गएपछि जापानका प्रधानमन्त्री आबे राजीनामा दिँदै

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १२ गते शुक्रबार ०७:२९

स्वास्थ्य खराब हुँदै गएकाे भन्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिन लागेका छन् । स्थानीय सञ्चारमाध्यमलाई उल्लेख गर्दै एएफपीले जनाएअनुसार आफ्नो स्वास्थ्यका कारण राज्यको काम कार्बाहीमा असर नपरोस् भनेर उनले...

स्वास्थ्य खराब हुँदै गएकाे भन्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिन लागेका छन् ।

स्थानीय सञ्चारमाध्यमलाई उल्लेख गर्दै एएफपीले जनाएअनुसार आफ्नो स्वास्थ्यका कारण राज्यको काम कार्बाहीमा असर नपरोस् भनेर उनले पदबाट राजीनामा दिन लागेका हुन् ।

जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्नेछन् र त्यही क्रममा राजीनामा दिनेछन् ।

हालै प्रधानमन्त्री आबे दुईपटक अस्पताल भर्ना भइसकेका छन् । उनलाई अल्सरेटिभ कोलाइटिस (ठूलो आन्द्रामा हुने रोग) लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति २०७७ भदौ १२ गते शुक्रबार ०७:२९
प्रतिक्रिया दिनुहोस