भारतमा हालसम्मकै बढी संख्यामा कोरोना पुष्टि भएको छ। गएको २४ घण्टामा त्यहाँ ७८ हजार ५१२ मा कोरोना देखिएको बताइएको छ।
आइतबार मात्र भारतमा ७८ हजार ४ सय ७२ मा कोरोना पुष्टि भएको थियो।
यहाँ दैनिक संक्रमित तिव्र रुपमा बढिरहेका छन्।
गएको २४ घण्टामा भारतमा ९७१ को मृत्यु भएको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४ हजार ४६९ पुगेको छ।
मन्त्रालयका अनुसार हालसम्म भारतमा ३६ लाख २१ हजार २४६ मा कोरोना पुष्टि भइसकेको छ।
संक्रमितमध्ये २७ लाख २४ हजार उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी
प्रकाशित मिति २०७७ भदौ १५ गते सोमबार ०८:०२