पाटन अस्पतालमा दुईसहित ललितपुरमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

पाटन अस्पतालमा दुईसहित ललितपुरमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २७ गते शनिवार ०८:४७

कोरोना संक्रमणबाट ललितपुरमा थप तीन जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमणबाट पाटन अस्पतालमा दुई जना र मेघा अस्पतालमा एक जनाको मृत्यु भएको हो। भदौ १७ देखि पाटन अस्पतालमा उपचाररत भक्तपुरका ९२ वर्षीय...

कोरोना संक्रमणबाट ललितपुरमा थप तीन जनाको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमणबाट पाटन अस्पतालमा दुई जना र मेघा अस्पतालमा एक जनाको मृत्यु भएको हो।

भदौ १७ देखि पाटन अस्पतालमा उपचाररत भक्तपुरका ९२ वर्षीय पुरुषको शुक्रबार राति पौने १० बजे र भदौ १९ देखि उपचाररत काठमाडौँका ५१ वर्षीय पुरुषको शनिबार बिहान २ बजे मृत्यु भएको हो।

त्यस्तै ललितपुरकै मेघा अस्पतालमा उपचाररत भक्तपुरमा ३८ वर्षीय पुरुषको शनिबार बिहान ७ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। ती पुरुष शुक्रबार मात्रै अस्पताल भर्ना भएका थिए।

प्रकाशित मिति २०७७ भदौ २७ गते शनिवार ०८:४७
प्रतिक्रिया दिनुहोस