पर्वतको कुस्मामा पोलबाट खसेर बिद्युतका कर्मचारीको मृत्यु

पर्वतको कुस्मामा पोलबाट खसेर बिद्युतका कर्मचारीको मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ३० गते मङ्गलबार ०१:४१

मर्मतका क्रममा पोलबाट खस्दा नेपाल बिद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको सोमबार साँझ मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं ७ खरेहामा बिद्युत मर्मतका क्रममा पोलबाट खसेर ३५ बर्षिय भोलाराम शर्माको मृत्यु भएको हो । बागलुङ...

मर्मतका क्रममा पोलबाट खस्दा नेपाल बिद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको सोमबार साँझ मृत्यु भएको छ ।
पर्वतको कुस्मा नगरपालिका वडा नं ७ खरेहामा बिद्युत मर्मतका क्रममा पोलबाट खसेर ३५ बर्षिय भोलाराम शर्माको मृत्यु भएको हो ।

बागलुङ नगरपालिका वडा नं १ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पु¥याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिए ।

मृतक शर्मा साँझ ७.३० बजे मर्मतका लागि पोलबाट खसेका थिए । उनलाई करेन्ट भने नलागेको बताइएको छ । मृतक शर्मा नेपाल बिद्युत प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रीसियन पदमा कार्यरत थिए ।

प्रकाशित मिति २०७७ भदौ ३० गते मङ्गलबार ०१:४१
प्रतिक्रिया दिनुहोस