धर्मनाथ परिवारलाई ७२ हजार सहयोग

धर्मनाथ परिवारलाई ७२ हजार सहयोग

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ असार १२ गते मङ्गलबार ०८:२४

काठमाडौँ — गैरआवासीय नेपाली संघ, साउदी अरबले उपचार खर्च भुक्तान गर्न नसकेर स्वदेश फर्कन नसकेका धनुषाका धर्मनाथ पासवानको परिवारलाई ७२ हजार सहयोग गरेको छ । धर्मनाथको साउदी अरबको अलहासास्थित किङ फाहदमा अस्पतालमा झन्डै ५१ लाख ८०...

काठमाडौँ — गैरआवासीय नेपाली संघ, साउदी अरबले उपचार खर्च भुक्तान गर्न नसकेर स्वदेश फर्कन नसकेका धनुषाका धर्मनाथ पासवानको परिवारलाई ७२ हजार सहयोग गरेको छ ।

धर्मनाथको साउदी अरबको अलहासास्थित किङ फाहदमा अस्पतालमा झन्डै ५१ लाख ८० हजार रुपैयाँ भुक्तानी गर्न सकेका छैनन्। एनआरएन, साउदीका अध्यक्ष नारायण पासवानले धर्मनाथको परिवारको अवस्था नाजुक भएकोले घर खर्चको लागि ७२ सात सय ३२ रुपैयाँ आइतबार सहयोग गरेको जानकारी दिए। एनआरएनले सहयोग रकम जुटाउन फुटबल प्रतियोगिता गरेको थियो।
सल्मानियामा २६ फेब्रुअरी २०१७ को मध्यरात सडक पार गर्नेक्रममा गाडीले ठक्कर दिएर गम्भीर घाइते भएका धर्मनाथलाई अस्पताल लगिएको थियो। उनको टाउकोमा गम्भीर चोट लाग्नुको साथै ढाड, हात खुट्टा भाँचिएको थियो। उनलाई ठक्कर दिने गाडी पत्ता लगाउन सकेको छैन।
अस्पतालले सबै खर्च भुक्तान नगरेसम्म डिस्चार्ज नगरेको पीडित धर्मनाथ पासवानले बताए। ११ मे २०१४ मा साउदी अरब पुगेका उनी भिसा नवीकरण नहुँदा गैरकानुनी हैसियतमा छन्।
प्रकाशित मिति २०७५ असार १२ गते मङ्गलबार ०८:२४
प्रतिक्रिया दिनुहोस