दुवईमा हेटौंडा अवार्ड वितरण

दुवईमा हेटौंडा अवार्ड वितरण

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ असार १२ गते मङ्गलबार ०८:२६

काठमाडौँ — प्रथम हेटौंडा पत्रकारिता अवार्ड ८ जनालाई दिइएको छ । न्यु मिडिया एकेडेमीद्वारा दुबईमा आयोजित कार्यक्रममा ८ विधामा अवार्ड वितरण गरिएको हो । अवार्ड मकवानपुरलाई कर्मथलो बनाउने पत्रकार र मिडिया हाउसमा काम गर्नेले पाएका...

काठमाडौँ — प्रथम हेटौंडा पत्रकारिता अवार्ड ८ जनालाई दिइएको छ । न्यु मिडिया एकेडेमीद्वारा दुबईमा आयोजित कार्यक्रममा ८ विधामा अवार्ड वितरण गरिएको हो । अवार्ड मकवानपुरलाई कर्मथलो बनाउने पत्रकार र मिडिया हाउसमा काम गर्नेले पाएका छन् ।

पत्रकार नवराज शर्मालेउत्कृष्ट सम्पादक वर्ष अवार्ड,गणेश अधिकारीलेउत्कृष्ट पत्रकारिता वर्ष अवार्ड,गोकुल अधिकारीलेबजार व्यवस्थापक वर्ष अवार्ड पाएका छन् । त्यस्तैप्रस्तोता वर्ष अवार्ड कुमार अधिकारी, चलचित्र पत्रकारिता वर्ष अवार्ड कृष्ण सारु मगर, सामाजिक पत्रकारिता वर्ष अवार्ड सुवास बिडारी, खोज तथा चुनौती पत्रकारिता वर्ष अवार्ड शिवकुमार रिजाल र सञ्चार उद्यमी वर्ष अवार्ड माधव न्यौपानेलाई प्रदान गरिएको छ ।
कार्यक्रममा यूएईका लागि कार्यबाहक राजदूत सागर फुयालले सूचनाबाट समाजलाई बलियो बनाउने काममा सक्रिय मकवानपुरका पत्रकारहरुलाई दुबईमा सम्मान गर्न पाउनु सुखद् पक्ष भएको बताए।
अवार्ड कार्यकममा गायक तथा संगीतकार तथा गायक टंक बुढाथोकी, बालगायक अशोक दर्जीको प्रस्तुति आकर्षक थियो।
प्रकाशित मिति २०७५ असार १२ गते मङ्गलबार ०८:२६
प्रतिक्रिया दिनुहोस