सीमा विवादः भारतीय सेना गस्ती जाने १० ठाउँमा चिनियाँ नियन्त्रण

सीमा विवादः भारतीय सेना गस्ती जाने १० ठाउँमा चिनियाँ नियन्त्रण

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ३ गते शनिवार ०८:०७

भारतीय सेनाले गस्ती जाने लद्दाख नजिकका १० स्थानमा चिनियाँ सेनाको नियन्त्रण रहेको द हिन्दुले जनाएको छ। उत्तरमा देपसाङ क्षेत्र र दक्षिणमा पाङगोङ सो तालमा रहेका ती स्थानमा गत अप्रिलयता नै गस्ती जानबाट चिनियाँ सेनाले भारतीय सेनलाई...

भारतीय सेनाले गस्ती जाने लद्दाख नजिकका १० स्थानमा चिनियाँ सेनाको नियन्त्रण रहेको द हिन्दुले जनाएको छ।

उत्तरमा देपसाङ क्षेत्र र दक्षिणमा पाङगोङ सो तालमा रहेका ती स्थानमा गत अप्रिलयता नै गस्ती जानबाट चिनियाँ सेनाले भारतीय सेनलाई रोकेको बताइएको छ।

बिहीबार मात्र भारतका रक्षामन्त्री राजनाथ सिंहले राज्यसभामा चिनियाँ सेनाले गस्ती जान अवरोध गरेपछि दुई देशबीचका सेनाबीच धक्कामुक्की हुने गरेको उल्लेख गरेका थिए।

सैन्य अधिकारीलाई उदृत गर्दै द हिन्दुमा दिइएको जानकारीअनुसार भारतीय सेनाले गस्ती गर्ने स्थान वास्तविक नियन्त्रण रेखा एलएसीसम्म छ। तर चिनियाँ सेनाले भारतीय सेनालाई गस्ती गर्न दिइरहेका छैनन्।

समाचारका अनुसार गस्ती जाने स्थान नंम्बर ९, १०, ११, १२, १२ ए, १३, १४, १५, १७, १७ एमा गत अप्रिलयता चिनियाँ सेनाका कारण भारतीय सेना पुग्न सकेका छैनन्।

भारतका रक्षामन्त्री राजनाथ सिंहले बिहीबार मात्र चीनसँग लद्दाखमा जारी तनावको विषयमा प्रतिक्रिया जनाएका छन्।

राज्यसभामा बोल्दै सिंहले त्यस क्रममा देशको हितका लागि भारतले जस्तोसुकै कठिन कदम उठाउन तयार भएको बताएका थिए।

उनले चिनियाँ खतरासँग जुध्न हाम्रा सेना तयार रहेको बताउँदै आइपरे ठूलो कदम चाल्ने उल्लेख गरेका थिए।

यसबीचमा भारतीय सेनलाई चिनियाँ सेनाले गस्ती जानबाट रोकेको समाचार आएको हो।

 

सेक्स गर्न मन लाग्छ तर लिंग उत्तेजित नै हुदैन,के गर्ने होला ?

प्रकाशित मिति २०७७ असोज ३ गते शनिवार ०८:०७
प्रतिक्रिया दिनुहोस