रुसमा लक्की ड्रबाट छानिएका यी नेपालीले लगाए कोरोना खोप

रुसमा लक्की ड्रबाट छानिएका यी नेपालीले लगाए कोरोना खोप

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ४ गते आईतबार ०२:३१

रुसमा रहेका एक नेपालीले त्यहाँ बनेकाे कोरोनाविरुद्ध खोप लगाएका छन्। रुसको राजधानी मस्कोमा कार्यरत सल्यानका ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार खोप लगाएका हुन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले सामाजिक...

रुसमा रहेका एक नेपालीले त्यहाँ बनेकाे कोरोनाविरुद्ध खोप लगाएका छन्।

रुसको राजधानी मस्कोमा कार्यरत सल्यानका ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार खोप लगाएका हुन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार रुसी सरकारले अनलाइनबाट लक्की ड्र गरी डा. श्रेष्ठको नाम छनोट गरेको हो।

श्रेष्ठ ३० हजार जनामध्ये बाट छानिएका हुन्। खोप लगाएपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेकाे बताइएकाे छ।

प्रकाशित मिति २०७७ असोज ४ गते आईतबार ०२:३१
प्रतिक्रिया दिनुहोस