सुशान्त मृत्यु प्रकरण : आज अभिनेत्री रकुलप्रित सिंहको बयान, भोलि दीपिका पादुकोणको पालो

सुशान्त मृत्यु प्रकरण : आज अभिनेत्री रकुलप्रित सिंहको बयान, भोलि दीपिका पादुकोणको पालो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ९ गते शुक्रबार ०३:३०

भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्युलाई लागुऔषधको कोणबाट अनुसन्धान गर्ने क्रममा बलिउडका एकपछि अर्काे कलाकार तानिइरहेका छन्। यस क्रममा अनुसन्धान गर्ने निकाय नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले आज (शुक्रबार) अभिनेत्री...

भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्युलाई लागुऔषधको कोणबाट अनुसन्धान गर्ने क्रममा बलिउडका एकपछि अर्काे कलाकार तानिइरहेका छन्।

यस क्रममा अनुसन्धान गर्ने निकाय नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले आज (शुक्रबार) अभिनेत्री रकुलप्रित सिंह र अर्की अभिनेत्री दीपिका पादुकोणका प्रबन्धक करिश्मा प्रकाशलाई बयानका लागि बोलाएको छ।

दीपिका पादुकोणलाई पनि बयानका लागि आज बोलाउने तय भएको थियो तर अब उनकाे बयान भोलि शनिबार हुने बीबीसी हिन्दीले जनाएको छ।

यसका लागि उनी आफ्ना पति रणवीर सिंहका साथ मुम्बई पुगेकी छन्।दीपिकासहित सारा अली खान र श्रद्धा कपुरलाई पनि एनसीबीले बयानका लागि शनिबार बोलाएको छ।

यसअघि एनसीबीले सेप्टेम्बर ८ मा रिया चक्रवर्तीलाई पक्राउ गरेको थियो। रियाका भाइ शौविक चक्रवर्तीलाई पनि लागुऔषबारे बयान लिइसकिएको छ।

एनसीबीले अनुसन्धान गर्ने क्रममा लागुऔषधमा बलिउडका धेरै स्टार संलग्न भएको खुलासा भएको छ।

प्रकाशित मिति २०७७ असोज ९ गते शुक्रबार ०३:३०
प्रतिक्रिया दिनुहोस