बागलुङमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु

बागलुङमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ९ गते शुक्रबार ०३:३५

  बागलुङ — पहिरोले गोठसँगै पुरिएका काठेखोला गाउँपालिका–२ भीमापोखराका एक व्यक्तिको १८ घण्टापछि शव निकालिएको छ । गोठमा भैंसीलाई घाँसपात दिन गएका ६२ वर्षीय टेकबहादुर खाती बुधबार बेलुकीदेखि बेपत्ता थिए । तत्काल स्थानीय बासिन्दा...

 

बागलुङ — पहिरोले गोठसँगै पुरिएका काठेखोला गाउँपालिका–२ भीमापोखराका एक व्यक्तिको १८ घण्टापछि शव निकालिएको छ । गोठमा भैंसीलाई घाँसपात दिन गएका ६२ वर्षीय टेकबहादुर खाती बुधबार बेलुकीदेखि बेपत्ता थिए ।

तत्काल स्थानीय बासिन्दा र अछेतेस्थित प्रहरी चौकीको टोलीले खोजी गरे पनि उनलाई फेला पार्न सकेका थिएनन् । बिहीबार बिहान जिल्ला प्रहरी, विपद् व्यवस्थापन गण र सेनाको टोलीले पहिरो पन्छाएर खोजी गर्दा उनको शव भेटिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । अछेतेदेखि दपासा जाने सडकमा खसेको पहिरोले गोठ पुरेको थियो । पहिरोले त्यहाँ रहेका दुईवटा भैंसी पनि मरेका छन् ।

प्रकाशित मिति २०७७ असोज ९ गते शुक्रबार ०३:३५
प्रतिक्रिया दिनुहोस