प्रयोग भइसकेका ३ लाख कन्डम पखालेर पुनः बेच्न राखिएको पाइएपछि महिला पक्राउ

प्रयोग भइसकेका ३ लाख कन्डम पखालेर पुनः बेच्न राखिएको पाइएपछि महिला पक्राउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ९ गते शुक्रबार ०५:१७

भियतनाममा एकपटक प्रयोग भइसकेको कन्डम सफा गरी पुनः बेच्न राखेको पाइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार त्यसरी बेच्न राखिएका ३ लाख २० हजारवटा कन्डम भियतनाम प्रहरीले बरामद गरेको हो। भियतनामको दक्षिणी भेगमा पर्ने द्युङ प्रान्तस्थित...

भियतनाममा एकपटक प्रयोग भइसकेको कन्डम सफा गरी पुनः बेच्न राखेको पाइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार त्यसरी बेच्न राखिएका ३ लाख २० हजारवटा कन्डम भियतनाम प्रहरीले बरामद गरेको हो।

भियतनामको दक्षिणी भेगमा पर्ने द्युङ प्रान्तस्थित गोदाममा छापा मार्दा प्रयोग भइसकेको कन्डम बेच्न राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

त्यस गोदामकी सञ्चालिका भएको आराेपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। उनले त्यस्तो कन्डम बेचेबापत प्रतिकिलो ०‍‍.१७ अमेरिकी डलर पाउने गरेकाे बताएकी छन्। तर अहिलेसम्म कतिवटा कन्डम बजारमा बेचियो भन्ने स्पष्ट हुन नसकेकाे भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीले जनाएकाे छ।

ती कन्डमलाई पहिले पखालिएको अनि लिंगको आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइ‍एको र पुनः प्याक गरी बेच्ने गरिएको पाइएको बीबीसीले जनाएकाे छ।

प्रकाशित मिति २०७७ असोज ९ गते शुक्रबार ०५:१७
प्रतिक्रिया दिनुहोस