एसिडसम्बन्धी सरकारले ल्याएको अध्यादेशमा के छ ? (पूर्णपाठ)

एसिडसम्बन्धी सरकारले ल्याएको अध्यादेशमा के छ ? (पूर्णपाठ)

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ९ गते शुक्रबार ०७:२१

काठमाडौं।  सरकारले एसिड आक्रमण गर्नेमाथि जघन्य अपराधमा कारबाही गर्ने गरी अध्यादेश ल्याएको छ। तेजाबसम्बन्धी कसुर नियन्त्रण गर्न सरकारले अध्यादेशमार्फत नयाँ कानुन जारी गर्न लागेको हो। बिहीबार प्रधानमन्त्री निवास, बालुवाटारमा...

काठमाडौं।  सरकारले एसिड आक्रमण गर्नेमाथि जघन्य अपराधमा कारबाही गर्ने गरी अध्यादेश ल्याएको छ। तेजाबसम्बन्धी कसुर नियन्त्रण गर्न सरकारले अध्यादेशमार्फत नयाँ कानुन जारी गर्न लागेको हो। बिहीबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी घटनाका दोषीको सजाय माफी मिनाहा नहुने प्रावधान राखेर अध्यादेश राखेको छ।

अध्यादेश मन्त्रिपरिषद्ले पारित गरी राष्ट्रपति समक्ष सिफारिस गर्ने प्रक्रियामा रहेको छ। संसद्को नियमित अधिवेशन चालु नभएकाले अध्यादेश आउने हिउँदे अधिवेशनमा पेस गरिने छ। फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा तेजाब फ्याँकी, छर्किई, खन्याई वा प्रयोग गरी वा सेवन गराई अङ्गभङ्ग तुल्याउन र शारीरिक क्षति पुर्‍याएमा २० वर्षसम्म कैद सजाय र दस लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ।

फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाबजस्ता घातक रसायन छ्यापी दुवै आँखा जले, दृष्टि, दुवै कान जली क्षति भई सुन्ने शक्ति नष्ट भएमा कानको जाली क्षति भई काम नलाग्ने भएन, अनुहार पूर्ण रूपमा जलेमा, वक्षस्थल (स्तन), यौनाङ्ग आदि जले, क्षति भए बीस वर्ष कैद र दस लाख जरिबाना निर्धारण गरिएको छ। यो सजाय एक दिन पनि माफी-मिनाहा नहुने, पुरै अवधि जेल बस्नुपर्ने गरी निर्धारण गरिएको छ।

कसरैको एउटा आँखा, एउटा कान, जले, क्षति पुगे, अनुहार कुरुपय भए, एउटा स्तन जले दुवै हात जली काम नलाग्ने भएमा, गोडा पूर्ण रूपमा जलेर काम नलाग्ने भएमा, टाउकाको कुनै भाग, मेरुदण्ड जलेमा सादेखि दस वर्ष कैद सात लाखदेखि दस लाखसम्म जरिवाना निर्धारण गरिएको छ। तेजाब छ्यापेर शरीरको कुनै अङ्गमा गति भएमा कसुरको प्रकृतिअनुसार पाँचदेखि दस वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख जरिवाना निर्धारण गरिएको छ।

अपराधबाट पीडितको तत्काल वा सोही अपराधबाट पछि मृत्यु भएमा पनि कर्तव्य ज्यानसम्बन्धी महल आकर्षित हुने अध्यादेशमा उल्लेख छ। केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले कसैले तेजाब छ्याप्ने कसुर गरे उसको सम्पूर्ण सम्पत्ति रोक्का गर्ने निर्णय गरेको थियो । १५ दिनभित्र अध्यादेशमार्फत नयाँ कानुन ल्याउने, बिक्री वितरणमा नियमन गर्ने निर्णय गरेको थियो। उपचारका लागि वीर, त्रिवि शिक्षण अस्पताल, कीर्तिपुर बर्न अस्पताल र पाटन अस्पताल तोकेको थियो।

Download PDF File

प्रकाशित मिति २०७७ असोज ९ गते शुक्रबार ०७:२१
प्रतिक्रिया दिनुहोस