फिनल्यान्डमा कुकुरले पत्ता लगायो कोरोना संक्रमित, प्रशिक्षित १० कुकुर विमानस्थलमा खटाइए!

फिनल्यान्डमा कुकुरले पत्ता लगायो कोरोना संक्रमित, प्रशिक्षित १० कुकुर विमानस्थलमा खटाइए!

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ९ गते शुक्रबार १२:०९

युरोपेली राष्ट्र फिनल्यान्डले हेलेन्स्की विमानस्थलमा १० वटा कुकुर कोरोना संक्रमित यात्रु पत्ता लगाउन खटाएको बताएको छ। यी कुकुरहरुले ७ मिनेटको अन्तरालमा यात्रुको र्याल सुँघेर कोरोना पत्ता लगाउनसक्ने फिनल्यान्डको दाबी छ। त्यहाँका...

युरोपेली राष्ट्र फिनल्यान्डले हेलेन्स्की विमानस्थलमा १० वटा कुकुर कोरोना संक्रमित यात्रु पत्ता लगाउन खटाएको बताएको छ।

यी कुकुरहरुले ७ मिनेटको अन्तरालमा यात्रुको र्याल सुँघेर कोरोना पत्ता लगाउनसक्ने फिनल्यान्डको दाबी छ।

PHOTO: Trainer Susanna Paavilainen is seen with Kossi (L) and Miina, sniffer dogs being trained to detect COVID-19 from the arriving passengers' samples, at Helsinki Airport in Vantaa, Finland, Sept. 22, 2020.

त्यहाँका अधिकारीका अनुसार कोसी नामक कुकुरले ७ मिनेटभित्रै कोरोना संक्रमित व्यक्ति पत्ता लगाएको थियो।

कुकुरले कोरोना संक्रमति पत्ता लगाउने भएपछि कोरोना लागेका व्यक्ति पत्ता लगाउन निकै सहज र छिटो भएको बताइएको छ।

कोरोना संक्रमित पत्ता लगाउन कुकुर परिचालन गर्ने विमानस्थल फिनल्यान्डको भएको भन्दै हेलेन्स्की विमानस्थलका निर्देशक उला लेटिजेफले खुशी व्यक्त गरेका छन्। एबीसीन्युज

प्रकाशित मिति २०७७ असोज ९ गते शुक्रबार १२:०९
प्रतिक्रिया दिनुहोस