सुशान्त प्रकरण: आज हुदैँछ दीपिका पादुकोण, श्रद्धा कपुर र सारा खानसँग सोधपुछ

सुशान्त प्रकरण: आज हुदैँछ दीपिका पादुकोण, श्रद्धा कपुर र सारा खानसँग सोधपुछ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १० गते शनिवार ०५:०७

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनमा लागुऔषध एंगलबाट अनुसन्धान गरिरहेको भारतीय लागु औषध ब्युरोले आज दीपिका पादुकोण, श्रद्धा कपुर र सारा अलि खानसँग सोधपुछ गर्दैछ। सुशान्त आत्महत्या प्रकरणमा मुख्य रुपमा जोडिएकी उनकी प्रेमिका...

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनमा लागुऔषध एंगलबाट अनुसन्धान गरिरहेको भारतीय लागु औषध ब्युरोले आज दीपिका पादुकोण, श्रद्धा कपुर र सारा अलि खानसँग सोधपुछ गर्दैछ।

सुशान्त आत्महत्या प्रकरणमा मुख्य रुपमा जोडिएकी उनकी प्रेमिका रिया चक्रवर्तीसँगको सोधपुछ पछि ब्युरोलाई बलिउडमा लागुऔषधको कनेक्सनबारे पत्ता लागेको थियो।

त्यसयता छानविन गर्नेक्रममा ब्युरोले यी तीनवटै नायिकालाई आज बोलाएको हो। गोवामा रहेकी दीपिका शुक्रबार नै लागुऔषध मामलामा आफ्नो सफाई दिन मुम्बई पुगिसकेकी छिन।

शुक्रबार नै दीपिकासँग सोधपुछ गर्ने तय भएपनि उनको कोरोना परिक्षण नभएका कारण आज सोधपुछ गर्न लागिएको हो।

दीपिकालाई २०१७ मा उनले आयोजना गरेको एक पार्टीमा लागु औषधको प्रयोग भएको, वाट्सअप च्याटमा लागुऔषधबारे कुरा गरेकोबारे सोधपुछ हुनेछ।

प्रकाशित मिति २०७७ असोज १० गते शनिवार ०५:०७
प्रतिक्रिया दिनुहोस