पाकिस्तानी सेनाले आइतबार विवादित काश्मिर क्षेत्रमा भारतीय सेनाले नियन्त्रण रेखा (एलओसी) छेउमा अन्धाधुन्ध गोलीबारी गर्दा एक नागरिकको मृत्यु भएको बताएको छ । उक्त गोलाबारीमा चार जना घाइते भएका थिए ।
पाकिस्तानी सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भारतीय सेनाले एलओसीमा गोलाबारी गरेर युद्धविराम उल्लंघन गरेको छ । भारतले हटस्प्रिङ र रकचिक्रीमा सर्वसाधारण जनसंख्यामाथि गोलाबारी गरेका थिए ।”
सन् २०१९ देखि भारत र पाकिस्तानबीच तनाव बढेको छ । अगस्त २०१९ मा भारतले जम्मु काश्मीरको विशेष स्थिति खारेज गरिसकेपछि नयाँ दिल्लीप्रति पाकिस्तान आक्रोशित बनेको हो ।
भारतले काश्मीरलाई केन्द्र शासनमा ल्याएदेखि इस्लामावादले काश्मीर क्षेत्रमा घुसपैठ गर्ने प्रयास गरेको छ । पाकिस्तानले काश्मीर क्षेत्रमा घुसपैठ गरेर थप विरोध र विद्रोह गराउन चाहन्छ ।
पाकिस्तान सैन्य रूपमा भारत जत्तिकै बलियो छैन, तर कश्मीर मुद्दा पाकिस्तानको लागि महत्वपूर्ण छ । यदि पाकिस्तानी सरकारले विवादित क्षेत्रप्रति कडा-कडा अडान देखाएन भने यसले जनसमर्थन गुमाउनेछ ।
नतिजा स्वरूप, पाकिस्तानले भारतको हरेक आपत्तिजनक कदमलाई कडा प्रतिक्रिया दिन्छ र आवश्यक परेको बेला प्रतिरोधात्मक कदम चाल्छ ।
आफ्नो सैनिक क्षमता अभिवृद्धि गर्न भारतले रुस र पश्चिमी देशहरूबाट उन्नत हतियार खरीद गर्दै छ । यसैबीच, नयाँ दिल्लीले अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी पश्चिमी देशहरूको समर्थन प्राप्त गर्न खोजिरहेको छ । भारत क्षेत्रीय शान्ति र स्थायित्वको विनाशकर्ता भएको छ आफ्नै प्रगतिमा नकारात्मक भूमिका खेलेको पाकिस्तानको आरोप छ ।
प्रकाशित मिति २०७७ असोज १० गते शनिवार ०६:५९