मोबाइलमा कुरा गर्दा कति खर्च भयो ? यसरी हेर्न सकिन्छ हरेक महिनाको बिल

मोबाइलमा कुरा गर्दा कति खर्च भयो ? यसरी हेर्न सकिन्छ हरेक महिनाको बिल

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १० गते शनिवार ११:३८

  काठमाडौं– नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजताका लागि अनलाईनबाटै हरेक महिनाको बिल हेर्न मिल्ने सुविधा प्रदान गरेको छ । टेलिकमले ल्याण्डलाइन तथा मोबाइलबाट भएको खर्चको हरेक महिनाको बिल अनलाइनबाटै हेर्ने सुविधा थप गरेको हो...

 

काठमाडौं– नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजताका लागि अनलाईनबाटै हरेक महिनाको बिल हेर्न मिल्ने सुविधा प्रदान गरेको छ ।

टेलिकमले ल्याण्डलाइन तथा मोबाइलबाट भएको खर्चको हरेक महिनाको बिल अनलाइनबाटै हेर्ने सुविधा थप गरेको हो । जसमा जीएसएम, पीएसटीएन र सीडीएमएको बिल हेर्न सकिने छ ।

यसका लागि सेवाग्राहीले नेपाल टेलिकमको वेबसाइटमा गएर दायाँतर्फ रहेकोण् ‘यूटिलिटी’ भित्र रहेको ‘अनलाईन मोबाइल बील’ मा क्लिक गर्नुपर्नेछ । तत्पश्चात तपाईंले कुन सेवाको अर्थात ल्याण्डलाइन फोन, जीएसएम मोबाइल वा सीडीएमए मध्ये कुन सेवाको र कुन महिनाको बिल हेर्ने चाहनु भएको हो खुलाउनुपर्नेछ ।

यदी तपाईले आफ्नो एक महिनामा मोबाइलमा कति खर्च भएछ भनेर जानकारी लिन चाहानुभयो भने त्यहाँ भएका अप्सनहरु पूरा भर्नुपर्छ ।

मोबाइल वा मोबाइल नम्बर राख्नुपर्ने हुन्छ । साथै अर्को बक्समा ‘पुक नम्बर’ मागिएको छ । त्यहाँ मोबाइलको लागि पुक नम्बर नै प्रयोग गुर्नपर्ने हुन्छ । यदि तपाईंसँग मोबाइलको पुक नम्बर नभएको खण्डमा आफ्नो मोबाइलबाट‘PUK’ टाइप गरी १४१५ मा एसएसएस पठाएर थाहा पाउन सक्नुहुनेछ ।

https://wowsansar.com/wp-content/uploads/2020/09/

प्रकाशित मिति २०७७ असोज १० गते शनिवार ११:३८
प्रतिक्रिया दिनुहोस