शिक्षक र निर्माण मजदुरसहित गण्डकीमा थपिए ७१ कोरोना संक्रमित

शिक्षक र निर्माण मजदुरसहित गण्डकीमा थपिए ७१ कोरोना संक्रमित

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ११ गते आईतबार ०८:३८

गण्डकी प्रदेशमा आइतबार थप ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी ७१ जना नयाँ संक्रमित थपिएका हुन्। नयाँ थपिएका संक्रमितमा...

गण्डकी प्रदेशमा आइतबार थप ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी ७१ जना नयाँ संक्रमित थपिएका हुन्।

नयाँ थपिएका संक्रमितमा बागलुङका ३१, कास्की २१, लमजुङ १६ र नवलपरासी पूर्वका ३ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

संक्रमितहरुमध्ये पोखरा महानगरपालिकाका–३ का २७ र १५ का ३८ वर्षीय दुई पुरुष नेपाल प्रहरीमा कार्यरत रहेका छन् भने वार्ड नं ३ का अन्य ७ जना तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्ट निर्माणका लागि काम गर्ने कामदार रहेका छन्।

त्यस्तै लमजुङको मध्यनेपाल–६ का ३५ वर्षीय पुरुष स्थानीय स्कुलका शिक्षक रहेका छन् भने बागलुङका धेरैजसो संक्रमित भारतबाट र केही संक्रमित जापान, ओमान, दुबई, क्यानाडाबाट आई क्वारेन्टाइनमा बसेका व्यक्ति रहेको निर्देशक शर्माले जानकारी दिए। अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका हुन्। सबै संक्रमितलाई अहिले आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७४४ पुगेको छ।

प्रकाशित मिति २०७७ असोज ११ गते आईतबार ०८:३८
प्रतिक्रिया दिनुहोस