१८ जना कलाकारद्वारा अभिनित ‘खोला खाल्सी हे माया’ सार्वजनिक (भिडियो)

१८ जना कलाकारद्वारा अभिनित ‘खोला खाल्सी हे माया’ सार्वजनिक (भिडियो)

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ११ गते आईतबार १०:१८

गायक तथा सर्जक विक्रमजंग शाह नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘खोला खाल्सी हे माया’ बोलको गीतको भिडियो आइतबार गौशालास्थित डी एन्ड डी क्याफेमा सार्वजनिक गरिएको छ। गीतमा शाह र गायिका सिर्जु अधिकारीको पनि स्वर रहेको...

गायक तथा सर्जक विक्रमजंग शाह नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘खोला खाल्सी हे माया’ बोलको गीतको भिडियो आइतबार गौशालास्थित डी एन्ड डी क्याफेमा सार्वजनिक गरिएको छ। गीतमा शाह र गायिका सिर्जु अधिकारीको पनि स्वर रहेको छ।

गीतको लय अमृत खातीले तयार पारेका हुन् भने शब्द गायक स्वयम्को रहेको छ।

गायक शाहले गीतबाट हुने फाइदाको २० प्रतिशत कलाकार सुलेमान शंकर (ईकु) द्वारा संचालित स्नेहा बाल आश्रमलाई उपलब्ध गराउने भएका छन्। उक्त बाल आश्रममा हाल १४ बालबालिका अश्रित छन्। यो मात्र नभै उनले गीत सार्बजनिक हुनुपूर्व स्नेहा बाल आश्रमको मासिक भाडा मध्ये १ महिनाको रु २५ हजार घर भाडा उपलब्ध गराइसकेका छन्।

गीतको म्युजिक भिडियोमा नेपालका  गायक/गायिकाका अलवा सञ्जिव ठकुरी, रिना थापा, रामकुमार नेपाली, सन्ध्या सानु, सुवास बजगाईं, उषा सुवेदी, बिनोद तामाङ, ऋतु तामाङ, राज गिरी, मालती घले, विवस बस्नेत, वर्षा तामाङ, गोबिन्द गौतम, सलिना कार्की, अमृत खाती र आशिका खातीको अभिनय देख्न सकिन्छ।

भिडियोलाई निर्देशन शिशिर बुढाथोकीले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन मनोज कार्कीले गरेका छन्।

हेरौँ भिडियो

https://youtu.be/r7QwTp_6cVA

प्रकाशित मिति २०७७ असोज ११ गते आईतबार १०:१८
प्रतिक्रिया दिनुहोस