वर्षा घट्दै, घाम बढ्दै

वर्षा घट्दै, घाम बढ्दै

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १२ गते सोमबार ०५:२१

दिनप्रतिदिन क्रमशः वर्षा घट्दै र घाम लाग्ने क्रम बढ्दै गएको छ। मौसमविद्का अनुसार आगामी तीन दिन देशमा खासै वर्षाको सम्भावना छैन। भारतको पूर्वी बिहार आसपास कमजोर हुने क्रममा रहेको न्यून चापीय प्रणालीको प्रभावले प्रदेश १, बागमती,...

दिनप्रतिदिन क्रमशः वर्षा घट्दै र घाम लाग्ने क्रम बढ्दै गएको छ। मौसमविद्का अनुसार आगामी तीन दिन देशमा खासै वर्षाको सम्भावना छैन।

भारतको पूर्वी बिहार आसपास कमजोर हुने क्रममा रहेको न्यून चापीय प्रणालीको प्रभावले प्रदेश १, बागमती, गण्डकी र ५ नम्बर प्रदेशका थोरै स्थानमा हल्का पानी पर्ने सम्भावना मात्र रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याालले जानकारी दिए।

उनका अनुसार आज (सोमबार) बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका प्रायः स्थानमा घाम लागेको छ।

‘प्रदेश १, बागमती, गण्डकी र ५ नम्बर प्रदेशमा आंशिकदेखि सामान्य बदली छ,’ मौसमविद् अर्यालले सोमबार बिहान नेपालखबरसँग भने, ‘बाँकी प्रदेशमा आंशिक बदली छ।’

उनका अनुसार सामान्य बदली भनेको अलि बढी बादल र थोरै घाम तथा आंशिक बदली भनेको धेरैजसो घाम देखिने, थोरै मात्र बादल लाग्ने अवस्था हो।

‘तर प्रदेश १, बागमती, गण्डकी र ५ नम्बर प्रदेशमा पनि आंशिकदेखि सामान्य बदली भएकाले घाम नै देखिने हो,’ उनले भने।

मौसमविद् अर्यालयका अनुसार आज काठमाडौं उपत्यकामा वर्षाको खासै सम्भावना छैन, साँझपख कतै–कतै हल्का पानी पर्ने सम्भावना मात्र छ।

‘आजलाई चेतावनी दिनुपर्ने खालको वर्षा हुने सम्भावना कतै छैन,’ उनले भने।

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान-

असोज १२ गते (सोमबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा  हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

असोज १३ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा  हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

असोज १४ गते (बुधबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा  तथा बाँकी प्रदेशमा आंशिक बदली भई एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

प्रकाशित मिति २०७७ असोज १२ गते सोमबार ०५:२१
प्रतिक्रिया दिनुहोस