विश्वभर कोरोना संक्रमणबाट १० लाखको मृत्यु

विश्वभर कोरोना संक्रमणबाट १० लाखको मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १२ गते सोमबार ०५:३९

  एजेन्सी, १२ असोज । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार झण्डै १० महिना अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको हो । वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांक...

 

एजेन्सी, १२ असोज । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार झण्डै १० महिना अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको हो ।

वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म विश्वभर १० लाख २ हजारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ ।

संक्रमणबाट सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ । त्यहाँ २ लाख ९ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा १ लाख ४१ हजारको मृत्यु भधएको छ । भारतमा ९५ हजार, रुसमा २० हजार, कोलम्बियामा २५ हजार, पेरुमा ३२ हजार, स्पेनमा ३१ हजार, मेक्सिकोमा ७६ हजार, फ्रान्समा ३१ हजारको मृत्यु भइसकेको छ । नेपालमा ४ सय ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक छ ।-तस्वीरः एजेन्सी

प्रकाशित मिति २०७७ असोज १२ गते सोमबार ०५:३९
प्रतिक्रिया दिनुहोस