सुशांत आत्महत्या प्रकरण : भिसेरा रिपोर्टले गर्‍यो यस्तो खुलासा

सुशांत आत्महत्या प्रकरण : भिसेरा रिपोर्टले गर्‍यो यस्तो खुलासा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १३ गते मङ्गलबार ०६:५२

बलिउड अभिनेता सुशान्त सिंहको भिसेरा रिपोर्टले उनको शरीरमा कुनै जैविक विष नपाइएको खुलासा गरेको छ। सुशांत केसमा एम्स प्यानलले सीबीआईलाई बुझाएको प्रतिवेदनले उनको भिसेरामा कुनै विष नभेटिएको स्पष्ट गरेको भारतीय सञ्चारमाध्यमले...

बलिउड अभिनेता सुशान्त सिंहको भिसेरा रिपोर्टले उनको शरीरमा कुनै जैविक विष नपाइएको खुलासा गरेको छ।

सुशांत केसमा एम्स प्यानलले सीबीआईलाई बुझाएको प्रतिवेदनले उनको भिसेरामा कुनै विष नभेटिएको स्पष्ट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एम्सका डाक्टरहरुले सुशान्तलाई कुनै विष नदिइएको र उनको शरीरमा कुनै पनि प्रकारको विष नमिलेको बताएका हुन्

एम्सको रिपोर्ट र सीबीआई अनुसन्धान मिल्दोजुल्दो रहेको भए पनि अहिलेसम्म कुपर अस्पतालका डाक्टरहरुलाई पूर्ण सफाइ नदिइएको बताइएको छ।

अनुसन्धानमा कुपर अस्पतालको रिपोर्टलाई विस्तृत रूपमा हेर्न भनिएको छ। कूपर अस्पताल अझै संकाको घेरामा रहेको छ।

एम्सको रिपोर्टले कुपर अस्पतालले सुशान्त केसमा लापरवाही गरेको संकेत गरेको छ। सुशांतको पोस्टमार्टम कुपर अस्पतालका डाक्टरहरूले गरेका थिए। जसमा प्रश्न उठाइयो। रिपोर्टमा सुशान्तको घाँटीको निशानाबारे र  मृत्युको समयबारे केही पनि बताइएको थिएन।

सुशान्तको परिवारकातर्फबाट उनका परिवारका वकिलले मृत्यु हुनु अघि सुशांतलाई विष दिएको आशंका गरेका थिए। तर, एम्सको रिपोर्टबाट सुशांतलाई कुनै किसिमको विष नदिइएको स्पष्ट भएको छ। सुशान्तको परिवारले सुशांतका बुबाले रियाले छोरालाई लागुऔषध दिएको आरोप लगाएका थिए।

प्रकाशित मिति २०७७ असोज १३ गते मङ्गलबार ०६:५२
प्रतिक्रिया दिनुहोस