रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता

रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १३ गते मङ्गलबार ११:१८

रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्ने सम्झौता भएको छ। मंगलबार रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच भ्याक्सिन...

रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्ने सम्झौता भएको छ।

मंगलबार रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच भ्याक्सिन सम्झौता भएको रोयटर्सले जनाएको छ।

ट्रिनिटी फर्मास्युटिकलको माध्यमबाट नेपालमा उक्त कोरोनाविरुद्धको खोप स्पुतनिक–भी वितरण हुने जनाइएको छ।

रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्डले आफ्नो खोप विश्वभर निर्यात गरिरहेको छ। फन्डले भारतमा एक सय मिलियन डोज भ्याक्सिन  पठाउने बताइसकेको छ। यस भ्याक्सिन भारतमा पनि परीक्षण हुने क्रममा रहेको छ।

रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको स्पुतनिक–भी भ्याक्सिनलाई केही समय अगाडि मात्र त्यहाँको सरकारले प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो।

त्यहाँका राष्ट्रपति भ्लादमिर पुटिनले उक्त भ्याक्सिन आफ्नो छोरीमा पनि परीक्षण गरेको दाबी गरेका थिए। तर तेस्रो परीक्षण नगरी भ्याक्सिन प्रयोगका लागि स्वीकृति प्रदान गरेका कारण विश्वभरका विज्ञहरुले रुसी कार्यको आलोचना गरेका थिए।

हाल रुसको उक्त खोप विश्वका विभिन्न स्थानमा परीक्षण भइरहेका छन्। खोपले सकरात्मक परिणाम दिइरहेको बताइएको छ। रोयटर्स

काठमाडौँ उपत्यकामा एकैदिन ९ सय ३४ जनामा कोरोना पुष्टि

प्रकाशित मिति २०७७ असोज १३ गते मङ्गलबार ११:१८
प्रतिक्रिया दिनुहोस