टेरेन्स लुइसले जानाजान नोराको नितम्बमा छोएको विषयमा नोरा भन्छिन्…

टेरेन्स लुइसले जानाजान नोराको नितम्बमा छोएको विषयमा नोरा भन्छिन्…

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १३ गते मङ्गलबार ०२:३१

भारतको चर्चित टिभी कार्यक्रम इन्डियाज बेस्ट डान्सरको एक भिडियो पछिल्लो समय निकै भाइरल बन्दै गएको छ। उक्त भिडियोमा कार्यक्रमका निर्णायक टेरेन्ट लुइस, नोरा फतेही र गिता कपुरलाई देख्न सकिन्छ। उनीहरुले कसैलाई नमस्ते गरेर स्वागत...

भारतको चर्चित टिभी कार्यक्रम इन्डियाज बेस्ट डान्सरको एक भिडियो पछिल्लो समय निकै भाइरल बन्दै गएको छ।

उक्त भिडियोमा कार्यक्रमका निर्णायक टेरेन्ट लुइस, नोरा फतेही र गिता कपुरलाई देख्न सकिन्छ।

उनीहरुले कसैलाई नमस्ते गरेर स्वागत गरिरहेको देखिन्छ। नमस्ते गर्नका लागि हात उठाउँदा भने टेरेन्सको हात नोराको नितम्बमा गएर ठोक्किएको छ।

यस भिडियो भाइरल बनेपछि यतिबेला टेरेन्सको चर्को रुपमा आलोचना भइरहेको छ। टेरेन्सले जानाजान नोराको नितम्ब छोएको चर्चा चलेको छ।

यसबीचमा नोरा फतेही आफैंले यस विषयमा प्रतिक्रिया जनाएकी छिन्।

नोराले टेरेन्सको इन्स्टापोस्टमा भनेकी छिन्,‘धन्यवाद टेरेन्स, आजको समयमा मेम बनाउन भिडियो तोडमोड गर्ने र फोटोसप गर्ने गरिन्छ। मलाई खुशी लागेको छ दाई तपाइँ यो समयमा संयमित र मर्यादित रहनुभयो। यो विषय चाँडै टरेर जानेछ। तपाइँ र गिता म्याम मेरालागि आदरणीय पात्र हुनुहुन्छ जसले मलाई डीआइडीमा निर्णायकको रुपमा स्वीकार गर्नुभयो।’

टेरेन्सले उक्त इन्स्टापोस्टमा एउटा पुरानो कथाको विषयवस्तु समेटेका छन्। नोरालाई उचालेको फोटो सार्वजनिक गरेका उनले आफू विकृत व्यक्ति नभएको बताउन खोजेका छन्।

प्रकाशित मिति २०७७ असोज १३ गते मङ्गलबार ०२:३१
प्रतिक्रिया दिनुहोस