बलिउड अभिनेता अमिताभ बच्चनले अंगदान गर्ने

बलिउड अभिनेता अमिताभ बच्चनले अंगदान गर्ने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १४ गते बुधबार ११:५३

बलिउड अभिनेता अमिताभ बच्चनले अंगदान गर्ने घोषणा गरेका छन्। बलिउडका सुपरस्टार ७७ वर्षीय अमिताभ सामाजिक सन्जालमा निकै सक्रिय छन्। उनले ट्वीटरमार्फत् आफूले अंगदान गर्ने घोषणा गरेका छन्। उनले ट्वीटमा भनेका छन्,‘मैले अंगदान गर्ने...

बलिउड अभिनेता अमिताभ बच्चनले अंगदान गर्ने घोषणा गरेका छन्।

बलिउडका सुपरस्टार ७७ वर्षीय अमिताभ सामाजिक सन्जालमा निकै सक्रिय छन्।

उनले ट्वीटरमार्फत् आफूले अंगदान गर्ने घोषणा गरेका छन्।

उनले ट्वीटमा भनेका छन्,‘मैले अंगदान गर्ने संकल्प गरिसकेको छु। मैले यो हरियो रिबन यसको पवित्रताको लागि लगाएको हुँ।’

केहि समय अगाडि मात्र कोरोना भाइरसबाट मुक्त भएका अमिताभ यतिबेला १२ औँ सिजनको ‘कौन बनेगा करोडपति’ सञ्चालन गरिरहेका छन्।

T 3675 – I am a pledged ORGAN DONOR .. I wear the green ribbon of its sanctity !!🙏 pic.twitter.com/EIxUJzkGU6

— Amitabh Bachchan (@SrBachchan) September 29, 2020

प्रकाशित मिति २०७७ असोज १४ गते बुधबार ११:५३
प्रतिक्रिया दिनुहोस