शाहरुख खानसहित चार नायक पनि लागुऔषधमा संलग्न रहेको खुलासा

शाहरुख खानसहित चार नायक पनि लागुऔषधमा संलग्न रहेको खुलासा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १५ गते बिहिबार ०२:००

भारतीय चलचित्र क्षेत्रमा लागुऔषधसम्बन्धी मुद्दामा शाहरुख खानसहित एकैपटक चार नायककाे नाम जाेडिएकाे छ। यसअघि यस प्रकरणमा नायिकाको नाम मात्र मुछिएकामा अहिले नायक शाहरुख खान, रणवीर कपुर, अर्जुन रामपाल र डिनो मोरियाकाे नाम पनि जाेडिएकाे...

भारतीय चलचित्र क्षेत्रमा लागुऔषधसम्बन्धी मुद्दामा शाहरुख खानसहित एकैपटक चार नायककाे नाम जाेडिएकाे छ।

यसअघि यस प्रकरणमा नायिकाको नाम मात्र मुछिएकामा अहिले नायक शाहरुख खान, रणवीर कपुर, अर्जुन रामपाल र डिनो मोरियाकाे नाम पनि जाेडिएकाे हाे।

सुशान्त सिंह राजपुत मृत्यु प्रकरण अनुसन्धान गर्ने क्रममा बलिउडभित्र लागुऔषधको प्रयोग हुने गरेको खुलासा भएयता यस विषयमा पनि व्यापक छानबिन भइरहेको हो। जसकाे अनुसन्धान नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले गरिरहेकाे छ।

यस क्रममा उल्लिखित चार नायककाे नाम पनि जाेडिन आइपुगेको दैनिक भास्करले जनाएकाे छ।

एनसीबीका अधिकारीलाई उधृत गर्दै  दैनिक भास्करले अर्जुन रामपालले शाहरुख खानलाई ड्रग्स सप्लाई गर्ने गरेकाे खबर लेखेकाे छ।

दिल्लीका एनसीबी अधिकारीले नाम गाेप्य राख्ने सर्तमा ड्रग्स कनेक्सनमा बलिउडका ठूला नायकको नाम खुलासा गरेको दैनिक भास्करले जनाएकाे छ।

यस विषयमा एनसीबी अधिकारीसँग भएकाे कुराकानीको पूर्ण विवरण आफूसँग सुरक्षित रहेको दैनिक भास्करले जनाएकाे छ।

प्रकाशित मिति २०७७ असोज १५ गते बिहिबार ०२:००
प्रतिक्रिया दिनुहोस