तालमा डुबेर १४ र १६ वर्षीय किशोरको मृत्यु

तालमा डुबेर १४ र १६ वर्षीय किशोरको मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १७ गते शनिवार ०१:२७

बाँकेमा तालमा डुबेर दुई किशोरको मृत्यु भएको छ। नेपालगन्ज ९ बाँकेगाँउ घर भएका १४ र १६ वर्षका दुई किशोरको तालमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। नेपालगञ्ज ९ फत्तेपुरमा रहेको नागराफल झरना हेर्न गएका १४...

बाँकेमा तालमा डुबेर दुई किशोरको मृत्यु भएको छ।

नेपालगन्ज ९ बाँकेगाँउ घर भएका १४ र १६ वर्षका दुई किशोरको तालमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

नेपालगञ्ज ९ फत्तेपुरमा रहेको नागराफल झरना हेर्न गएका १४ वर्षीय बिनोद बर्मा र १६ वर्षीय शिवशंकर शुक्लाको शुक्रबार दिउँसो तालमा डुबेर मृत्यु भएको हो।

६ जना किशोर फत्तेपुरमा रहेको झरना हेरेर फर्कदैं गर्दा नजिकै रहेको तालमा पौडी खेल्न पसेका थिए। त्यही क्रममा दुई किशोर डुबेका हुन्। प्रहरीका अनुसार तालमा डुबेर गम्भीर बिरामी परेका उनीहरुलाई उपचारका लागि नेपालगन्ज ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो।

उनीहरुको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको छ। शनिबार परीक्षणपछि शव आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०७७ असोज १७ गते शनिवार ०१:२७
प्रतिक्रिया दिनुहोस